साहित्य

सोछे जस्तो भएन सफर जिन्दगीको

सोछे जस्तो भएन सफर जिन्दगीको ।नहुने रैछ पुरा रहर जिन्दगीको।। तिमी आउनु याद उपहार ल्याउनु बाँकी नहोस अब कहर जिन्दगीको ।। बारम्बार आफ्नैबाट जब खुसी लुटियोहरायो यार तब बहर जिन्दगीको ।। पिडाहरु यस कारण पनि भोग्दैछु गर्नै जानिन मैले कदर जिन्दगीको ।। आज दिल खोलेर घोषणा गरिदिए पिएर लेखेको हुँ जहर जिन्दगीको ।। प्रकाश पौडेल गुलरिया -४,बर्दिया

बाटो

घर–आँगनबाट निस्कने केही बाटाहरु छन् । एउटा बाटो बिहानै निस्कन्छ गाईगोठसम्म गोबर सोहोर्छ गाई दुहुन्छ मोही पार्छ । अर्को बाटो निस्कन्छ खेतसम्म बिहानभर हलो जोत्छ डल्ल फुटाउँछ मकै छर्छ र सन्दर बनाउँछ पृथ्वी । एउटा अर्को बाटो हतार–हतार कुखररा खोरसम्म, अन्डा पार्छ चल्ला कोरल्छ र जित्छ सेकेन्ड–सेकेन्ड आयुमा जिन्दगी । एउटा अलिक फराकिलो बाटो जुनचाहिँ […]

“आशा”

खोला हैन सानूसागर बन,मायाकोझोला हैन सानूभण्डार बन, छायाको! बगी जाने माया हैनजमी रहने होओस संधैकमी लाग्ने छाया हैनसंसार ढाक्ने बनोस, है!!…………… अरुन भेटवालकाठमाडौं,नेपाल

“धिक्कार”

बरु,टुंडिखेलमा जम्मा गरेरबमले उडाउ सरकार,हामीलाई,बरु,कृष्णभीरमा लाम लगाएरत्रिशुलीमा फाल सरकार,हामीलाईअब भो,लुकेर,छ्क्क्याएर,झुक्याएरटाउको र छातीमागोली हानी नमार,सरकार! तिमी पनि हिंडेका थियौतिमीले पनि सहेका थियौकैयौं जंघार अनि गब्जेराती काला रातका अप्ठ्यारा तर सब बिर्स्यौ,हैन?त्यसैसंग तर्स्यौ हैन?त्यही,बिर्सेका बाटोका पहिलो पाईला सम्झाउनहामी बुट बजार्दैअघि बढदातिमीलाईमिठो निद्रा बिथोलेझैं लागेछअनि तन्द्रामानैहामीमाथी आईलाग्यौबिल्कुल,अपरिचितझैंप्रहार गर्यौ,हामीमाथीसोचेर,यो किअब त घोर निद्रा सुत्छु!! कोरा कल्पनामा नडुब सरकार बरु,दरबारका ढोका बन्द गरअनि बन्द गर […]

एक्लो उपत्यका–१

यो उपत्यकाले शरणमा आउने कसैलाई मरण गरेन । आउने सबैलाई सबै दियो । –ईन्द्रकमलले जस्तै इज्जत दियो –ध्यूकुमारील जस्तै औषधि दियो –गुणकेशरीले जस्तै गुँड दियो । सतीले सरापेको प्रमाणित गर्न भलो गर्ने उपत्यकाको—इज्जत लुटे उर्ब माटोमा–विषबमन गरे प्राचीन सभ्यताको—संस्कृति भत्काए ! जंगल फाँडे, नदी फोहर पारें जमिन अतिक्रमण गरे, जल प्रदूषित जागिरमा भाषाको जञ्जीर बनाए […]

प्रदूषणका कुहिएका चल्लाहरू

जेठोदाइ आउँदा कूचो लगायौ तिमीले तर अहँ कूचो होइन दक्षिणको किटाणु भित्र्यायौ तिमीले । नाराउखान र हावाहुरीको भुँवरी चलायौ तिमीले पलाएका समृद्धिका पखेटाहरू पनि सबैसबै भाँच्यौ तर अहँ कहिल्यै रोपेनौ तिमीले वातावरणका एउटै हरियो बिरुवा पनि ? केवल उडायो सपनाहरू शहिदका अनि रोप्यौ भ्रमका विषालु ऐंशेलु कँडाहरू र उमार्यौ तिमीले तीखातीखा खिया लागेका काँटीहरू जसले […]

कहाँ लगि राखूँ मनभरिका प्रीतहरु

कहाँ लगि राखूँ मनभरिका प्रीतहरु कहाँ बसी गाउ बेदनाका गीतहरु आफ्नो भन्ने आज मन भएन आफ्नो भन्ने आज बन भएन । कहाँ लगि राखूँ मनभरिका प्रीतहरु कहाँ बसी गाउ बेदनाका गीतहरु आफ्नो भन्ने आज मन भएन आफ्नो भन्ने आज बन भएन । कहाँ लगि राखूँ मनभरिका चोटहरु कहाँ गई पूरागरुँ जिन्दगीका अठोटहरु आफ्नो भन्ने आज […]

मनले पनि ढाटेछ अब

मनले पनि ढाटेछ अब समयले नेटो काटेछ अब । केश फुले, दार्ही सबै सेतो छाला हेरो उस्तै फाटेछ अब । सम्म बाटो खाल्टाखुल्टी लाग्छ आँखाले पनि जालो बाटेछ अब । कसैले बोलाउछन् सुन्न खोज्छु कानले पनि आवाज साटेछ अब । यस्तै र छ जीवनचक्र घुमी रहने मलाई पनि बूढयौलीमा राखेछ अब । सरोज दाहाल हरिवन- […]

समिक्षा- उपन्यास- जेब्रा क्रस (तर्कना शर्मा)

पछिल्लो समय प्राय : सबै किसिमका लेखकहरु उपन्यासतिर ढल्केको पाइन्छ । कविता ,कथा ,निबन्ध ,गीत जुनसुकै विधाका लेखकले पनि उपन्यासलाई माया गरेजस्तो देखिन्छ । त्यसो त उपन्यास धेरै पढिने विधा पनि भनिन्छ। कतिपयको नजरमा उपन्यास साहित्य जगतको नाम र दाम दुवै कमाउन सकिने विधा हो भनेको पनि सुनिन्छ र सत्य हो पनि । किनकि, उपन्यासमा […]

‘त्यस्तो स्कूल चाहिन्न’

आमा बोल्ने भाषामा “आमा” भन्न पाईन्न बाबा–आमा मलाई त्यस्तो स्कूल चाहिन्न ! आफूभन्दा गरुङ्गो पुस्तकको झोला हिंड्न उस्तै गाह्रो छ, तर्नुपर्ने खोला ! जुत्ता भिज्यो पानीले चप्पल लाउन पाईन, बाबा–आमा मलाई त्यस्तो स्कूल चाहिन्न ! घाँटी कस्छ बेस्सरी स्कूलको टाईले दिदी टाई फुकाल्देऊ भन्छ सानो भाइले ! टाई नभई घाँटीमा भित्र पस्नै पाईन्न, बाबा–आमा मलाई […]