समाचार

सर्लाहीमा ट्क्याटरले ठक्कर दिंदा घटनास्थलमै एक बालिकाको मृत्यु

सर्लाही कडौना गाउँपालिका–६, स्थित भित्री सडक खण्डमा आज करिब ४ः१५ बजेको समयमा ट्क्याटरले ठक्कर दिंदा एक बालिकाको मृत्यु घट्ना स्थलमै एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने राधे रायकी ४ वर्षकी छोरी कुमारी राय रहेका छन् । ज १ त ३९५८ नम्बर ट्क्याटरका चालक कविलासी नगरपालिका–१०, सलेमपुर घर भएका वर्ष ४० […]

स्वरक्षा मानव बेचबिखन बिरुद्धको अन्तरक्रिया कार्यक्रम

सोम गुुरुङ,नेपालगञ्ज-शक्ति समुहको आयोजनामा स्वरक्षामानव बेचबिखन बिरुद्धको परियोजनाबारे अन्तरक्रियात्मक कार्यक्रम नेपालगञ्जमा गरिएको छ । शक्ति समुहका संस्थापक सदस्य एवं कार्यकारी निर्देशक सुनितादनुवारले स्वदेश फिर्ता बारे स्पष्ट नेपालको कानुननबन्दाउद्धार गर्न समस्या भएको बताइन् । साथै उहाँले ६ जिल्लाहरु काठामाण्डौमा ३, कास्कीमा १ सिन्धुपालचोकमा १ र बाँके १ गरि जम्मा ६ वटा आपतकालिन सुरक्षित आवास सञ्चालन गरी […]

सुशासन प्रर्वद्धनका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सुर्खेत- सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नं.११ मा गठित रामघाट स्थानीय सभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक कार्यक्रम बीच ९ बुद्धे ज्ञापन पत्र बुझाएको छ । रामघाट स्थानीय सभाकासंयोजक चन्द्र शर्माले सुशासन प्रर्वद्धनका लागि सुशासन प्रर्वद्धन रणनीति तथा कार्यविधी २०७४ अनुसार सुशासन कार्यविधी तयार गरी सामाजिक जवाफदेहिताका औजारहरुको प्रभावकारीरुपले लागु गर्नु पर्ने, कृषी नीति बनाई […]

ईट्टा भट्टाको पोखरीमा डुबेर हरिवनमा दुई बालिकाको मृत्यु

सर्लाही-हरिवन नगरपालिका–४, तिनघरे स्थित हिजो साँझ ७ः३० को समयमा नागेन्द्र चौधरीको ईटा भट्टाको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृत्यु हुनेमा सोही ठाउँका जुमेर शेखकी ६ वर्षकी छोरी समार खातुन र ईन्तिहाज शेखकी ९ वर्षकी छोरी जस्मिन खातुन रहेका छन् । ईटा भट्टामा काम गर्ने व्यक्तिहरुले देखि दुवै […]

सुशासनकालागि सरोकारवाला निकायको ध्यानाकर्षण

नेपालगञ्ज- आठौ राष्ट्रिय खेलकुदकालागि निमार्ण भईरहेका विभिन्न भौतिक पूर्वाधारको बारेमा पारदर्शिता नभएको भन्दै आज सरोकारवाला निकायको ध्यानाकर्षण गराईएको छ । सुशासनकालागि नागरिक सञ्जाल बाँकेका तर्फबाट नागरिक समाजले आज जिल्ला प्रशासन कायालय मार्फत युवा तथा खेलकुद मन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका छन् । सञ्जालका संयोजक विश्वजित तिवारी नेतृत्वको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद आर्याललाई सो […]

घारेको टोकाईबाट ४ जना गम्भीर घाईते

सन्जु कर्ण, सर्लाहीसिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा हिजो घारेको टोकाई बाट ४जना गम्भीर घाईते भएका छन् । हरिहरपुर वडा नम्बर -७, गिदेरी झोरा वन क्षेत्रको बैज्ञानिक बन को निरीक्षण गर्न वन डिभिजन कार्यालय, मरीनबाट आएका सहायक वन अधिकृत जिया लाल यादवसंग बन पुगेका वडा नं.७ का अध्यक्ष बालकृष्ण नेपाल र सशस्त्र वन रक्षक जनकलाल धामी, स्थानीय श्याम […]

‘बाराका हावाहुण्डरी प्रभावित बालबालिका तथा महिलाहरुमा मनोसामाजिक समस्या देखा पर्दै’

बारा- गत चैत्र १७ गते आईतबार साँझ हावाहुण्डरीको कहरबाट १८९१ घरधुरी प्रभावित भएको छ भने ३ ईटा भट्टा, १ स्वास्थ्य चौकी र १ विद्यालयको क्षति भएको साथै २७ जना व्यक्तिको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । जस मध्ये १० पुरुष,११ महिला, २ बालक र ४ बालिका रहेको छ । हावाहुण्डरीको वितण्डाबाट ९३७ […]

सेवा प्रवाहका बारे स्थानीय नागरिकहरुलाई सूचनाको पहुँच हुनु पर्ने

बाँके- स्थानीय सरकारले प्रवाह गर्ने सेवासुविधा बारे स्थानीय नागरिकहरुलाई सूचनाको पहुँच तथा नीति तथा कार्यक्रमको बारेमा जानकारी हुनु पर्ने एक कार्यक्रमको सहभागीले जोड दिएका छन् । सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, नेपालगञ्ज र यूएसआइडी र एफएचआई ३६० को सहकार्यमा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत बाँकेको डुुडुवा गाउँपालिकाको वडा नं.५ कम्दीमा साझा सभा एप्स सम्बन्धि […]

हावाहुरीबाट प्रभावित बालबालिकाहरुको तत्काल राहत र संरक्षणको लागि सिविन–नेपालद्धारा आव्हान

काठमाण्डौं- प्रदेश नम्बर २ को बारा र पर्सा जिल्लामा हिजो साँझ आएको भिषण हावा हुरीले गर्दा मृत्यु भएका र अकल्पनिय भौतिक क्षतिमा सिविन नेपालले गहिरो दुःख व्यक्त गर्दैं दिवंगत आत्माहरुको चिर शान्ति साथै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । हावाहुरीबाट ३ दर्जन बढीको मृत्यु हुनुका साथै ५ सय भन्दा बढी व्यक्तिहरु घाईते भएको छन् […]

बाल संरक्षणमा स्थानीय सरकारको चासो

बाँके- बालबालिकाको बजेट विनियोजनमा बालबालिकासंग समन्वय गरि योजना निर्माण गर्ने बैजनाथ गाउँपालिकाले प्रतिवद्धता जनाएको छ । प्लान ईन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगञ्जको सहयोग तथा स्याक नेपालद्धारा सञ्चालित बालिका संरक्षण परियोजनाको बैजनाथ गाउँपालिकाले संयुक्त अनुगमन गरेको छ । अनुगमन परियोजना सञ्चालन भएको दहित आधारभुत विद्यालयमा बाल संरक्षण संरचना भयरहित सिकाई, बाल संरक्षण नीति, आचारंसहिता र गुनासो […]