प्रदेश न. ७

निर्मला हत्या प्रकरण : सिडिओ कार्यालयअघि कालाेपट्टी बाँधेर सडकमै सुते अधिकारकर्मी र कलाकार

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा परिवारसँगै कलाकारले पनि ऐक्यबद्धता जनाएका छन्। प्रशासन प्रवेशद्वार अगाडि नागरिक समाजले हातमा कालो पट्टी बाँधेर, सडकमा सुतेर गरेको विरोध प्रदर्शन तथा धर्नामा कलाकारले पनि सहभागिता जनाएका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले मंगलबार निर्मलाको हत्या विरोधमा जारी धर्नामा सहभगिता जनाएको […]

निर्मला हत्या प्रकरण : एसपी विष्ट, ईन्सपेक्टर भट्ट दुवै बर्खास्त

कन्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डपछि निलम्बनमा परेका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई छानबिनमा लापरवाही गरेको भन्दै  बर्खास्त गरिएको छ । प्रहरी प्रधान कार्यालयको पत्र अनुसार गृहमन्त्रालयले बिहीबार विष्टसहितका प्रहरी निरीक्षक भट्टलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

ज्येष्ठ नागरिक दिवसकै दिन ७४ वर्षीया बृद्धा बलात्कृत

 डोटी – विश्वभरी २८ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइरहेको दिन डोटीमा एकजना बृद्धा बलात्कृत भएकी छन् । सोमवार बिहान ७ बजेतिर आफ्नो गाउँबाट छिमेकी गाउँ जाने क्रममा बडीकेदार गाउँपालिका-३ की ७४ वर्षीया बृद्धा बलात्कृत भएकी हुन । उनलाई बाटोमा एक्लै हिँडिरहेको देखेपछि बोगटान गाउँपालिका-१ सिमचौर पान्सा घर भएका करिब २२ वर्षीय गणेश भनिने एकेन्द्र […]

निर्मला हत्या प्रकरण छानबिन समितिका सदस्य केसी सवार गाडीमा आक्रमण

फाइल तस्बिर गाडीको शिशा फुटेर केसीको टाउकोमा चोट धनगढी : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि छानबिन गर्न गठित उच्चस्तरीय समिमितका एक सदस्य सवार गाडीमा आक्रमण भएको छ ।   छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएपछि आइतवार धनगढी फिरेका प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसी सवार गाडीमा आक्रमण भएको […]

निर्मला हत्याको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको छानविन समितिको निश्कर्ष

 कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा प्रहरीले लापरवाही देखिएको निष्कर्ष उच्चस्तरीय छानविन समितिले निकालेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी समितिका संयोजक हरिप्रसाद मैनालीले निर्मलाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानको मुख्य पाटोलाई छोडेर लापर्वाही गरेको बताए । ‘अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीहरुबाट गर्नुपर्ने काम नगरेको र गर्न नहुने काम गरेको पनि देखियो’ उनले भने । प्रहरीले […]

कैलालीमा आफ्नै छोरीकी साथीमाथि बलात्कार

सांकेतिक फोटो। धनगढी : कञ्चनपुरको महेन्द्रनगरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले मुलुकलाई नै स्तब्ध बनाएका बेला कैलालीमा एक पुरुषले आफ्नै छोरीकी साथीमाथि बलात्कार गरेको घटना सार्वजनिक भएको छ। कैलालीको घोडाघोडी नगरपालिका ६ की १४ वर्षिय बालिका आफ्नै सहपाठीका बुवा (नाताले फुपुका छोरा) बाट बलात्कृत भएको प्रहरीले जनाएको छ। कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार बलात्कार […]

निर्मलाका निम्ती न्याय देउ भन्दै माईतीघरमा जनताको स्वतःस्फूर्त भेला

काठमाडौं – कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका दोषीलाई कारबाहीको माग गर्दै राजधानीमा जनताद्धारा स्वतःस्फूत रुपमा प्रदर्शन गरेको हो। माइतीघर मण्डलाबाट सुरु भएको मौन प्रदर्शन बानेश्वर पुगेको थियो। उनीहरुले सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी, चुप लागेर बस्दैनौ, न्याय मर्न दिँदैनौ जस्ता प्ले कार्ड प्रदर्शन गरे। जनताको भेलाु नाममा शनिबार दिउसो १२ […]

निर्मला हत्या प्रकरण : प्रदर्शनकारीमाथि गोलीप्रहार, ६ जना घाइते

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा जारी प्रदर्शनका क्रममा सडकमा बालिएको टायर । तस्बिर: विष्णुप्रसाद देवकोटा महेन्द्रनगर : निर्मला हत्याविरुद्ध जारी आन्दोलन बिहीबार उग्र भएपछि नियन्त्रण गर्न प्रहरीले गोली प्रहार गर्दा महेन्द्रनगरमा ६ जना प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये २ जना सिकिस्त छन् । गोली प्रहारपछि स्थानीय प्रशासनले बिहीबार साँझ कफ्र्यू लगाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले बिहीबार […]

बलात्कारपछि बालिका हत्या : वास्तविक अपराधी लुकाउन खोजेको आरोप, महेन्द्रनगर बजार बन्द

विरोधमा उत्रिएका सर्वसाधारण। फोटोः अन्नपूर्ण महेन्द्रनगर स् बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त वास्तविक अपराधी नभएको र घटना लुकाउन खोजिएको भन्दै महेन्द्रनगर बजार बन्द गरिएको छ। निर्मला पन्तको बालात्कार र हत्या घटनालाई ढाकछोप गर्न मानसिक अवस्था ठिक नभएको युवकलाई अपराधी बनाएर प्रहरीले सार्वजनिक गरेको आरोप स्थानीयवासी र अधिकारकर्मीहरूले लगाएका छन्। आन्दोलनरत महिला अधिकारकर्मी, […]

महाकालीको बाढीले तटबन्ध भत्कायो, एक सय घर डुबानमा

महाकालीको बाढीले तटबन्ध कटान गर्दै । तस्बिर: विष्णुप्रसाद देवकोटा महेन्द्रनगर: महाकाली नदीमा पानीको बहाव बढ्दै गएपछि माहाकाली नगरपालिका–१ बयलबन्द क्षेत्रमा निर्माण गरिएको तटबन्ध भत्किन थालेको छ । नदीमा पानीको बहाव बढेपछि तारजाली बगाएर तटबन्ध भत्काउन थालेको हो । आइतबार रातिदेखि त्यस क्षेत्रमा निर्माण गरिएको तटबन्ध भत्काउन सुरु गरेको महाकाली नगरपालिकाको १ नं. वडा कार्यालयले जनाएको छ […]