प्रदेश न. ६

भेरी नदीमा बस खस्दा ४ को मृत्यु

जाजरकोट-नेपालगञ्जबाट रुकुमको राडीतर्फ जाँदै गरेको भे १ ख १३२९ नम्बरको बस जाजरकोटको भेरी नगरपालिका- १, रिम्नामा भेरी नदीमा बस खस्दा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । कार्यालयका प्रहरी नायब निरीक्षक रामबहादुर सिंहका अनुसार अहिलेसम्म ४ जनाको शव भेटिएको छ भने ४ जनाको उद्दार भएको छ । दुर्घटनाको जानकारी आएपछि […]

समृद्ध कर्णाालीका लागि काठमाण्डौंमा महोत्सव हुने

काठमाण्डौ -आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म काठमाण्डौंको भृकुटीमण्डपमा हुने एक्स्पोको मुख्य नारा ‘हाम्रा गौरवका पानाहरु र सम्भावनाका खानीहरुको उत्सव’ रहेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । कर्णााली क्षेत्रको विकास र सम्भावनाहरूको खोजी गर्ने उद्देश्यले कर्णााली एक्स्पो हुने भएको छ । कर्णालीको गर्विलो इतिहास, कला-संस्कृति, पौष्टिक रैथाने खाद्यबाली, जीवनशैली र अन्य सम्भावनाका स्रोतहरुको […]

कर्णाली तर्न अझै तुइनको भर

दाउराको भारी बोकेर तुइन तर्दै स्थानीय। तस्बिर : जनक/हुम्ला हुम्ला – सरकारले मुलुकलाई तुइनमुक्त बनाउने घोषणा गरेको तीन वर्ष नाघिसक्यो। तर हुम्लावासीका हकमा भने उक्त घोषणा निरर्थकजस्तै बनेको छ। हुम्लामा मात्रै होइन, कर्णाली बग्ने सबैजसो जिल्लामा नदी वारपार गर्न तुइनको विकल्प छैन। दैनिक कामकाज गर्ने सिलसिलामा नदी वारपार गर्न ज्यानको बाजी लगाएर तुइनमा नझुन्डिनहुने बाध्यता […]

खाडामा आगलागी गराउने रक्सी पार्टीमा सहभागी वडासचिव पक्राउ

आलगालीबाट ध्वस्त गाउँ र आलगाली घरमा छरिएका रक्सीका बाेतल । तस्बिरः बिस्नुप्रसाद न्यौपाने कालिकोट : कालिकोटको खाडामा भएको आलगाली गराउने क्रममा रक्सी पार्टीमा  सहभागी भएको आशंकामा कममा वडा सचिव पक्राउ परेका छन् ।  वडा सचिव बिष्णुकान्त प्याकुरेललाई शनिबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ। वडा अध्यक्षमानबहादुर भण्डारीसहित ५ जनाको बारेमा अनुसन्धान भइरहेको डिएसपी बिनोद शर्माले […]

जुम्लामा एमबीबीएस सुरु गर्न कार्यदल

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित तीनसय शय्या क्षमताको अस्पताल भवन । तस्बिर : एलपी/कान्तिपुर काठमाडौँ — सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कलेज सञ्चालन गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ । शिक्षा मन्त्रालयले डा. गोविन्द केसीसित भएको सहमतिबमोजिम कार्यदल गठन गरेको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आइतबार मन्त्रालयस्तरीय निर्णय गराई वीर अस्पतालका वरिष्ठ चिकित्सक प्रा.डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा गठन […]

पहिरोले क्षणभरमै आठजनालाई माटोमा मिलायो

पहिरोले पुरिएकालाई उद्धार गर्दै प्रहरी, सेना र स्थानीय । तस्बिरः राजेन्द्र कार्की जाजरकोट- सधैं झै प्रेम परियारकी श्रीमतीले चिया पकाइन्। घरका सबैले चिया खाए। छोरालाई ‘राम्रोसँग पढेस् बाबु’ भनेर श्रीमान-श्रीमती कपडा सिलाउन बजार निस्किए। बजार पुगेर कपडा सिलाउन थालेको १५ मिनेट भएको थियो। पहिरो गएको हल्लीखल्ली भयो। दौडिएर कोठामा पुगे। तर छोरा भेटेनन्। छोरा बसेको […]

अनसनस्थलमा केसी समर्थक र विद्यार्थीमाथि प्रहरीको लाठी चार्ज, दर्जनौँ घाइते

नन्दराम जैसीले खिचेका फोटोको कोलाज। दोहोरो झडप हुँदा अस्पतालका स्वास्थ्य उपकरण समेत फुटेका छन्। जुम्ला : अनसनरत प्राध्यापक डा. गोविन्द केसीलाई काठमाडौं लैजान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेको प्रहरीले केसीका समर्थकमाथि अन्धाधुन्ध लाठी चार्ज गरेको छ। केसीको अनसनस्थलबाहिर प्रहरीलाई अवरोध गर्न धर्ना बसेका विद्यार्थीहरूमाथि प्रहरीले बल प्रयोग गरेको हो। प्रहरीले लाठीचार्ज गरेपछि केसी समर्थक र प्रहरीबीच […]

रुकुममा बस दुर्घटना एकको मृत्यु दर्जन भन्दा बढी घाईते

तस्वीर : तारा प्रसाद ओलीको फेसबुक वालबाट पश्चिम रुकुमको सदरमुकाम खलंगा नजिकै बस दुर्घटना भएको छ । दुर्घटनामा परी ज्यान गुमाएकी मुसीकोट नगरपालिका १ कि सपना मल्ल को मृत्यु भएको छ भने दर्जन भन्दा बढी घाईते भएका छन् । घाईतेहरु लाई सल्ले जिल्ला अस्पताल तथा केही गम्भीर घाईतेलाई दाङ, नेपालगञ्ज रिफर गरिएको छ ।

डा.केसीलाई लिएर जुहारी मात्रै, अघि बढेन वार्ता !

काठमाडौं-जुम्लामा अनशनरत डा.गोविन्द केसीलाई लिएर  सदनमा सत्तारुढ र प्रतीपक्षीबीच जुहारी चलेपनि उनको माग र उनको स्वास्थ्यलाई लिएर दुवै पक्षबीच वार्ता अघि बढ्न नसक्दा झनै अन्यौलता बढ्दै गएको छ। डा. केसीको अनशन १०औ दिनमा टेक्दा सोमबार प्रतिनिधि  मा उनले राखेको मागलाई लिएर प्रमुख प्रतीपक्षी नेपाली कांग्रेसले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्‍यो। तर सत्तारुढ दलका केही सदस्यले […]

छाउगोठमा बलात्कार

महिनाबारी भएर घरदेखि टाढाको छाउगोठमा सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। छाउगोठमा सुतिरहेकी किशोरीलाई सोमबार राति १२ बजेतिर चेतन गिरी, जनक शर्मा र पदम गिरीले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । तीनैजनालाई प्रहरीले पक्राउ गरेको […]