प्रदेश न. ५

सामाजिक अभियान्तालाई स्थानीय सरकारद्धारा सहयोग गर्ने प्रतिबद्धता

सोम गुुरुङ,नेपालगञ्ज सामाजिक अभियान्ताहरुलाई स्थानीय सरकारले सहकार्य तथा सहयोग गर्नु पर्नेमा जोड दिएका छन् । फातिमा फाउण्डेशन नेपाल नेपालगञ्जको आयोजना तथा संकल्प काठमाण्डौंको सहकार्यमा सञ्चालित शान्ति, सहिष्णुता र महिला सशक्तिकरण परियोजनामा आवद्ध ४५ स्थानीय सामाजिक अभियान्ताहरुलाई परियोजनाको अवधि समाप्त भएपछि स्थानीय तहहरुसँग समन्वय र सहकार्य गर्नको लागि सो गोष्ठीको आयोजना गरिएको थियो । गोष्ठीमा प्रमुख […]

यौनप्रजनन र स्वास्थ्य अधिकारबारे शिक्षकलाई अभिमुखीकरण

सोम गुरुङ्ग, बाँके-विद्यालयमा यौन प्रजनन स्वास्थ्य र अधिकार बारे खुलेर कुरा गर्ने वातावरण सिर्जनागर्नुु पर्ने एक कार्यक्रममा सहभागी शिक्षकहरुले जोड दिएका छन् । प्लान ईन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगञ्जको सहयोग तथा खजुरा गाउँंपालिका शिक्षाशाखाको सहकार्य र स्याक नेपालको आयोजनामा सामुदायिक विद्यालयका शिक्षकहरुलाई यौन प्रजनन स्वास्थ्य र अधिकार सम्वन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ […]

लैङ्गिक हिंसा रोक्नको लागि किशोरीहरुलाई आत्मरक्षाको तालिम दिनुु पर्नेमा जोड

सोम गुरुङ्ग, बाँके-लैगिक हिंसा रोक्नको लागि किशोरीहरुलाई आत्मरक्षा तालिमको आवश्यक्ता रहेको एक कार्यक्रमका सहभागी किशोरीहरुले जोड दिएका छन् । प्लान इन्टरनेशल नेपालको सहयोगमा खजुरा गाउँपालिकाको समन्वय र स्याक नेपालको आयोजनामा ३ दिने किशोरकिशोरीका लागि लैङ्गिक, यौन प्रजनन तथा बाल विवाह सम्बन्धि कानुनी प्रावधान बारे तालिममा सो कुरा बताएका हुन् । तालिममा खजुरा गाउँपालिकाका वडा नं.३ […]

छाडापशु तथा निजी चौपाया संरक्षणको लागि स्थानीय सरकारलाई उच्चअदालतको आदेश

सोम गुुरुङ,बाँके-स्थानीयतहमा रहेका छाडापशुु तथा चौपायाको उचित ब्यवस्थापनको ब्यवस्था मिलाउनुु साथै सो सम्बन्धमा आवश्यक सरोकारवालाहरुको समेतको परामर्श लिई दिगो स्थानीय नीति तर्जुमा गर्नु एवं सो सम्बन्धी त्रैमासिक प्रतिवेदन एक बर्ष सम्म अदालतमा पेश गर्नु भन्दै उच्चअदालत तुुलसीपुुर नेपालगञ्ज इजलासमा माघ २३ गते अन्तिम सुुनुुवाई हुुदाँ उच्चअदालत तुुलसीपुुर इजलास नेपालगञ्जका संयुुक्त इजलासका न्यायधिश प्रेमराजकार्की र न्यायधिश […]

बर्दियाको बढैयातालमा वडा नं ३ मा रेडियो श्रोता समूह गठन

अनोज थारु, बर्दिया- बर्दियाको बढैयाताल वडा नं ३ मा आज युवा जागरण रेडियो श्रोता समूह गठन गरिएको छ । बिशेषगरी स्थानीय स्तरमा देखिएका समस्यालाई स्थानीय सरकार सम्म पु¥याउन र स्थानीय सरकारले दिने गरेको सेवा सुबिधालाई ग्रामिरण स्तर सम्म पु¥याउने उद्देश्यले बढैयाताल गाँउपालिका वडा नं ३ का वडा सदस्य अमृत प्रसाद थारुको अध्यक्षतामा १३ सदस्या युवा […]

प्रथम नरैनापुर दौड २०७५ को तयारी अन्तिम चरणमा

सोम गुरुङ्ग, नेपालगञ्ज- बाँकेको विकट क्षेत्र मानिएको नरैनापुरमा सुशासन, समृद्धि र विकासका लागि प्रथम नरैनापुर दौड २०७५को तयारी अन्तिम चरणमा पुगेको छ । सडक र बत्तीसँगै आवश्यक पूर्वाधारको अभावमा सो क्षेत्रको विकास हुन सकेको छैन भने, अशिक्षा,गरिबीले पनि पछाडी परेको क्षेत्रको रुपमा नरैनापुर चिनिन्छ । सो क्षेत्रको समग्र विकासका लागि खेलको माध्यमले सन्देश प्रवाह गरिने […]

जडिबुटी व्यवसायी संघका नवनिर्वाचित अध्यक्षलाई स्वागत तथा सम्मान

बाँके : नेपाल जडिबुटी व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष मो. याकुव अन्सारीलाई नेपालगन्ज उद्योग वाणिज्य संघ तथा प्रादेशिक महोत्सव–२०७५ कार्यान्वयन समितिले सोमबार स्वागत तथा सम्मान गरेको छ । संघको कार्यकक्षमा कार्यबाहक अध्यक्ष अब्दुल वाहिद मन्सुरीले खादा ओढाएर स्वागत गरेका हुन् । जडिबुटी व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष अन्सारीलाई स्वागत तथा सम्मान गर्दै कार्यवहाक अध्यक्ष मन्सुरीले उद्योग, व्यवसायका […]

सि.सि.टी.भी जडान तथा सञ्चालन सम्वन्धी कार्यविधि २०७२अनुुसार कामकारवाही गर्न प्रशासनको नाउँमा उच्च अदालतको फैसला

सोम गुुरुङ्ग,बाँके – बाँके र बर्दिया जिल्लामा सि.सि.टी.भी जडान तथा सञ्चालन सम्वन्धी कार्यविधि २०७२ , तत्ताल अनिवार्य रुपमा लागु गर्नु गराउनु सो कार्यविधि अनुसारको प्रकृया पुरा गरी गराई मात्र सि.सि.टि.भि जडान समेत गर्नु गराउनु कानून बमोजिमको काम तत्काल गर्नु, गराउनु भनी नेपालको संविधान २०७२ को धारा १४४(१), १४४(२) र न्याय प्रशासन ऐन २०७३ को दफा […]

खजुरा गाउँपालिकालाई बालबिवाह मुक्त बनाउने प्रतिबद्धता

सोम गुरुङ,बाँके-खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले खजुरा गाउँपालिकालाई आगामी ५ बर्ष भित्र बालबिवाह मुक्त गाउँपालिका बनाउने प्रतिबद्धता जनाएका छन् । प्लान इन्टरनेशल नेपालको सहयोगमा खजुरा गाउँपालिका र स्याक नेपालको आयोजनामा भएको एक कार्यक्रममा बोल्दै कक्षपतिले बालबिवाह मुक्त बनाउने गाउँपालिकाको अभियानमा साथ दिन बिद्यालयका शिक्षक, बिद्यार्थी अभिभावक र सम्बन्धित सरोकारवालाहरुलाई आग्रह समेत गरेका छन् । […]