खेलकुद

सन्दिपको उत्कृष्ट प्रदर्शन, मेलवर्न स्टार्स सेमिफाईनलमा

काठमाण्डौं-अष्ट्रेलियामा जारी बिग बास लिगको अन्तिम खेलमा सिड्नी सिक्सर्सलाई ९४ रनको फराकिलो अन्तरले हराउँदै मेलबर्न स्टार्स सेमिफाइनलमा पुगेको छ। नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने उत्कृष्ट प्रदर्शन गरेका छन् सन्दिपले ३.४ ओभर बलिङ गर्दा ११ रन खर्चिएर ३ विकेट लिए। आदम जाम्पा र डानिएल ओरलले २-२ विकेट लिए।आठौं ओभरमा बलिङ गर्न आएका उनले १ रन मात्रै […]

क्रिकेटमा नेपाललाई ठुलो सफलताः टि–२० श्रृंखला पनि नेपालले जित्यो

काठमाण्डौं- यूएईमा जारी टि–२० श्रृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपालले यूएई माथी १४ रनको जीत दर्ता गरेको छ । यो जीतसँगै नेपालले टि–२० श्रृंखला माथी पनि कब्जा जमाएको छ । वर्षाले गर्दा १० ओभरमा खेलाईएको खेलमा यूएईले टस जितेर फिल्डिङ रोजेको थियो । कप्तान पारस खड््का २९ र सन्दिप जोराको २८ रनको मद्दतले निर्धारित १० […]

सन्दिप र करण ईएसपिएन कृकईन्फो अवार्ड २०१८ मा मनोनित

काठमाण्डौं- सन्दिप लामिछाने र करण केसी क्रिकेट इएसपिएन कृकईन्फो अवार्ड २०१८ मा मनोनित भएका छन् । एसोसियट बलिङ पफर्मेन्स अभ २०१८ तर्फ डिभिजन २ मा केन्या विरुद्ध सन्दिप लामिछानेको स्पेल समावेश भएको छ । उक्त खेलमा उनले २० रन खर्चेर ५ विकेट लिएका थिए । सन्दिपसँगै अवार्डमा टम सोले, सफियान सरिफ,मोहम्मद नाभिद र अजिज खान […]

टि–२० श्रृंखला : नेपालद्धारा यूएई ४ विकेटले पराजित

फाईल तस्वीर सर्लाही- यूएईमा जारी टि–२० श्रृंखलाको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले हराएको छ । यूएईले दिएका १०८ रनको चुनौति नेपालले ६ विकेटको नोक्सानीमा ३ बल बाँकी छँदै लक्ष्य चुमेको हो । यस सँगै नेपालले तीन खेलको श्रृंखला १–१ को बराबरीमा ल्याएको छ । १९.२ यूएईले सबै खेलाडी गुमाई १०७ रन मात्र बनाउन सकेको […]

डेब्यु खेलमै टि–२० मा अर्धशतक बनाउँदै सन्दिप जोरा बने विश्वकै कम उमेरका खेलाडी

सर्लाही डेब्यू गरेका सन्दिप जोराले युएईविरुद्धको पहिलो टी ट्वान्टी सिरिजको पहिलो खेलमा ४२ बलको सामना गर्दै सबै भन्दा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान राख्ने विश्वकै पहिलो खेलाडी बनेका छन् । उनले १७ वर्ष १०३ दिनको उमेरमा युएईविरुद्धको खेलमा अविजित ५३ रन बनाएका हुन् । उनको अविजित ५३ रनको बाबवुत पनि नेपाल यूएईसँग टि–२० श्रृंखलाको पहिलो खेलमा […]

टि–२० श्रृंखलामा यूएईद्धारा नेपाललाई १५४ रनको लक्ष्य

फाइल तस्बिर सर्लाही टि–२० श्रृंखला अन्तर्गतको पहिलो खेलमा यूएईले नेपाललाई १५४ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभर भित्र ६ खेलाडीको नोक्सानीमा यूएईले १५३ रन बनाएको छ । टस जितेर फिल्ड रोजेको नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी, बसन्त रेग्मी र अविनाष बोहराले विकेट लिए। सन्दीप र बसन्तले दुई दुई विकेट लिए भने कामी […]

२ वर्ष भित्रमा धुर्मुस सुन्तली फाउण्डेसनले अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बनाउने

चितवन : धुर्मुस सुन्तली फाउण्डेसनले २ वर्ष भित्रमा अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तीसम्बन्धी आज एक कार्यक्रममा सम्झौता भएको छ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रंगशाला बनाउने भएपछि भरपुर महानगर हुँदै […]

प्रथम नरैनापुर दौड २०७५ को तयारी अन्तिम चरणमा

सोम गुरुङ्ग, नेपालगञ्ज- बाँकेको विकट क्षेत्र मानिएको नरैनापुरमा सुशासन, समृद्धि र विकासका लागि प्रथम नरैनापुर दौड २०७५को तयारी अन्तिम चरणमा पुगेको छ । सडक र बत्तीसँगै आवश्यक पूर्वाधारको अभावमा सो क्षेत्रको विकास हुन सकेको छैन भने, अशिक्षा,गरिबीले पनि पछाडी परेको क्षेत्रको रुपमा नरैनापुर चिनिन्छ । सो क्षेत्रको समग्र विकासका लागि खेलको माध्यमले सन्देश प्रवाह गरिने […]

कप्तान पारसको शतकसँगै नेपाललाई एक दिवसीय श्रृंखला

काठमाण्डौं- कप्तान पारस खड्काको शतकसँगै नेपालले यूएई विरुद्धको खेलमा तीन एक दिवसीय श्रृंखला माथी कब्जा जमाएको छ । २५५ रनको चुनौति पछ्याएको नेपालले ३२ बल बाँकी छदै ६ विकेटको क्षतीमा जीत निकालेको हो । नेपालले श्रृंखला २–१ ले जितेको छ । म्यान अफ दि सिरिज समेत भएका कप्तान खड्काले आज तेस्रो एक तथा अन्तिम एक […]

सर्लाहीको हरिवनमा विलीयर्डस स्नुकर तथा पुल संघको जिल्ला कार्यसमिती गठन

सन्जु कर्ण, सर्लाही- सर्लाहीको हरिवनमा विलीयर्डस स्नुकर तथा पुल संघको जिल्ला कार्यसमिती गठन भएको छ । नौ सदस्य जिल्ला कार्यसमितीमा अध्यक्ष रोम भटराई ,उपाध्यक्ष सुवर्ण जंग थापा, अर्का उपाध्यक्ष कबिन कार्की, सचिव धिरज सुबेदी, कोषाध्यक्ष राजेश प्रसाद चौधरी त्यसैगरी सदस्यहरुमा सुमन चौधरी, चेत बिक्रम कार्कि, ज्ञान प्रशाद धमला, र सचिन न्यासुर रहेका छन् । नेपाल […]