अन्तर्राष्ट्रिय

आतंकवादी समूहलाई सहयोग नगर्न पाकिस्तान सरकारलाई चेतावनी

वासिङटन : पाकिस्तान आतंकवादी गुटहरुलाई सहायता रोक्ने काममा सक्षम नरहेको भन्दै फाइनान्सियल एक्सन टास्क फोर्स (एफटिएफ)ले आपत्ति जनाएको छ । साथै पाकिस्तानलाई अक्टोबरसम्म आफ्नो प्रतिवद्धता पूरा नगरे त्यसको नतिजाको सामना गर्नुपर्ने भन्दै एफटिएफले चेतावनी समेत दिएको छ । पाकिस्तान पहिलेदेखि नै ग्रे लिस्टमा रहेको उल्लेख गर्दै यस्तो प्रतिवद्धता पालना नगरे ब्ल्याक लिस्टमा राख्ने पनि उक्त संस्थाको […]

चीन-भारत सीमा विवाद बल्झियो : मोदीको भ्रमणमा चीनको आपत्ति

बेइजिङ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अरुणाञ्चल प्रदेशमा भ्रमण गरेको विषयलाई लिएर चिनियाँ सरकारले कडा आपत्ति जनाएको छ । चीनको विदेश मन्त्रालयले विज्ञप्ति निकाल्दै आफ्नो मोदी भ्रमणले दुई देशबीच सीमा विवाद बल्झाउनसक्ने संकेत गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा छुन्याइङले मोदी भ्रमणलाई लक्षित गर्दै जारी गरिएको विज्ञप्तिमा चीन र भातबीच सीमा क्षेत्र प्रष्ट रहेको […]

भारतमा सर्वोच्च अदालतको ऐतिहासिक फैसला विरुद्ध सेना प्रमुख

नयाँदिल्ली : भारतीय सेनाध्यक्ष विपिन रावतले सर्वोच्च अदालतको फैसला विपरित समलैंगिक विवाह तथा परस्त्रिगमनलाई सेनाभित्र स्वीकार नगर्ने बताएका छन् । सर्वोच्च अदालतले यस्ता कामलाई अपराध मान्न नसकिने फैसला गरे पनि सेना प्रमुख रावतले भने सेना एक ‘कन्जरभेटिभ’संस्था भएकाले यस्ता काम स्वीकृत नहुने बताएका हुन् । ‘सेनाभित्र यस्ता गतिविधि स्वीकृत छैनन्,’ सेनाध्यक्ष रावतले पत्रकार सम्मेलनमा भने, ‘सेना […]

आफ्नै मृत्युको हल्लापछि नाइजेरियाका राष्ट्रपति : म ज्युँदै छु !

नाइजेरिया : नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले आफ्नो मृत्यु भएको खबर छ्याप्छ्याप्ती आएपछि त्यसको खण्डन गर्दै आफू जीवित नै रहेको दावी गरेका छन् । सामाजिक संजालमा हल्ला फिजिएको भन्दै उनले त्यसमा विरोध जनाएका हुन् । ‘यो म आफैँ हुँ । तपाईँलाई पक्का गराउन चाहन्छु कि म छिट्टै मेरो ७६ औं जन्मोत्सव मनाउँदै छु । र म झन […]

श्रीलंकाको संसद बैठकमा कुटाकुट हुँदा एक सांसद अस्पताल भर्ना

कोलम्बो- श्रीलंकाको संसद बैठकमै सांसदहरुबीच कुटपीट हुदा एक सांसदलाई अस्पताल भर्ना गर्नु परेको छ । केही समय यता श्रीलंकामा दलीय तनाब बढेको छ । कुटपिटमा संलग्न दिलुम अमुनुगाम्ना नाम गरेका सांसदलाई अस्पताल भर्ना गरिएको छ । बिहीबार बिहान संसद बैठक चलिरहँदा प्रधानमन्त्रीमा नियुक्त भएका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेका समर्थक सभामुखविरुद्ध उत्तेजित बनेपछि कुटपिट चलेको हो । […]

उपनिर्वाचनमा प्रधानमन्त्री मोदीको पार्टीलाई झट्का, आधार इलाका नै गुम्यो

नरेन्द्र मोदी। नयाँ दिल्ली – भारतमा सत्तारुढ भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता निरन्तर खस्किँदै गएको छ। सन् २०१४ मा भएको लोकसभा चुनावमा एकल बहुमत ल्याएको भाजपाले त्यसपछि भएका उपनिर्वाचनमा चाहिँ आफूले जितेकै स्थान गुमाउँदै गएको छ। चार वर्षको अवधिमा लोकसभाका ३० सिटमा भएको उपचुनावमध्ये २० सिट गुमाएको छ। लोकसभामा रहेको भाजपाको दुई […]

खशोग्गीको हत्या भयंकर गल्ती : साउदी अरब

पत्रकार जमाल खशोग्गीको हत्या भयंकर गल्ती भएको साउदी अरबले स्वीकारेको छ । ठूलो फक्स न्यूजसँगको कुराकानीका क्रममा साउदी विदेशमन्त्री आदिल अल जुबैरले पत्रकार जमाल मारिएको घटनामा भयंकर गल्ती भएको स्वीकार गरेको हो । अल–जुबैरले घटनालाई हत्याको रूपमा व्याख्या गर्दै भन्नुभएको छ, घटना जसले घटाएको भएपनि त्यो हाम्रो अख्तियारी बाहिर घटेको घटना हो, सबै तथ्य पत्ता […]

विश्वको सबैभन्दा लामो समुन्द्री पुल : हङकङ र चीन जोड्न बुधवार देखि खुल्दै

२० अर्ब डलरको लागतमा ९ वर्ष लगाएर समुन्द्र माथी निर्माण गरिएको सबै भन्दा लामो पुल बुधवार देखि खुल्ने भएको छ । सो पुलले हङकङ र मकाउलाई मेनल्याण्ड चीनको शहर झुहाईलाई जोड्ने छ । चिनियाँ राष्ट्रपति सि जिनपिङ र हङकङ तथा मकाउका शीर्ष अधिकारीहरुले झुहाईमा मंगलबार हुने विशेष समारोहका बीच पुलको उद्घाटन गर्ने बताइएको छ । […]

पञ्जाबमा दशहराको मेलामा रेलले भीडलाई किच्दा कम्त्तिमा ६० को मृत्यु, दर्जनौं घाईते

भारतको पञ्जाब राज्यको अमृतसरमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ६० जना पुगेको छ । शुक्रबार साँझ रावणको पुतला जलाउने कार्यक्रममा रेलले किच्दा उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा दर्जनौं घाईते भएका छन् । हिन्दु धर्मका पौराणिक पात्र रावणको पुत्ला जलाइने वार्षिक दशहरा पर्व हेर्न रेलको लिग नजिकै मानिसहरू भेला भएका थिए। प्रत्यक्षदर्शीहरूले पुत्ला जलाइन लागेको भीडको आवाजले रेल […]

नाबालिकामाथि बलात्कार : गुजरातबाट लखेटिए युपी र बिहारका ५० हजार

गुजरात छाडेर हिँडिरहेका युपी र बिहारका बासिन्दा । तस्बिर : एजेन्सी अहमदाबाद (गुजरात) : एकजना १४ महिने नाबालिकाको बलात्कार भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातबाट ५० हजार भन्दा धेरै उत्तर प्रदेश-बिहारबासी लखेटिएका छन् । नाबालिकामाथि बलात्कारपछि असुरक्षित ५० हजार भन्दा धेरै उत्तर भारतका बासिन्दाले १५ दिनमा गुजरात छाडेका हुन् । यसैक्रममा उत्तर भारतीय भागिरहेको समाचारबीच […]