मान्छेको पेटबाट निकालियो १२२ किला

२५ कार्तिक २०७५, आईतवार ०९:१४

इथियोपियामा डाक्टरहरुले एक व्यक्तिको पेटबाट १ सय भन्दा धेरै फलामका किला तथा अन्य तिखा वस्तुहरु निकालेका छन् ।

मानसिक रुपमा बिरामी रहेका ती व्यक्तिले निलेर पेटमा अड्किएका ती सबै चिज शल्यक्रिया गरी डाक्टरहरुले बाहिर निकाल्न सफल भएका हुन् ।

सेन्ट पिटर्स स्पेशलाइज्ड अस्पतालका एक सर्जनका अनुसार ३३ वर्षका ती व्यक्तिको पेटबाट ४ इन्च लामा फलामका १ सय २२ वटा किला, ४ वटा पिन, टुथपिक तथा काँचका टुक्राहरु समेत निकालियो । ती व्यक्ति १० वर्षदेखि मानसिक रोगबाट पीडित थिए ।

पछिल्लो दुई वर्षदेखि उनले औषधि खान छाडेका कारण अवस्था बिग्रिएको थियो ।

डाक्टरहरुका अनुसार ती व्यक्तिले त्यतिधेरै संख्याका किलाहरु पानीसँग निलेको हुनसक्छ । त्यतिधेरै वस्तुहरु पेटमा हुँदा पनि पेट नकाटिएका कारण उनको ज्यान जोगिएकोमा डाक्टरहरु उनलाई भाग्यमानी ठान्छन् । यदि किलाले पेट काटेको भए उनको मृत्यु हुनसक्थ्यो ।

एजेन्सी/अनलाईन खबर


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*