उपनिर्वाचनमा प्रधानमन्त्री मोदीको पार्टीलाई झट्का, आधार इलाका नै गुम्यो

उपनिर्वाचनको परिणाम ओरालोतर्फ
२० कार्तिक २०७५, मंगलवार २२:०७

नरेन्द्र मोदी।

नयाँ दिल्ली – भारतमा सत्तारुढ भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता निरन्तर खस्किँदै गएको छ।

सन् २०१४ मा भएको लोकसभा चुनावमा एकल बहुमत ल्याएको भाजपाले त्यसपछि भएका उपनिर्वाचनमा चाहिँ आफूले जितेकै स्थान गुमाउँदै गएको छ।

चार वर्षको अवधिमा लोकसभाका ३० सिटमा भएको उपचुनावमध्ये २० सिट गुमाएको छ। लोकसभामा रहेको भाजपाको दुई ८२ सिटबाट झरेर दुई ७२ सिटमा झरेको छ। विधानसभाको पाँच सय ४३ सिटमा बहुमत पुग्नका लागि दुई सय ७१ सिट आवश्यक पर्छ।

हालसालै कर्नाटक राज्यका तीन सिटमा भएको उपचुनावमा भाजपाले एक सिट मात्र जितेको छ। मंगलबार सार्वजनिक यो परिणामबाट सत्तारुढ भाजपालाई ठूलो झड्का लागेको विश्लेषण गरिएको छ।

नरेन्द्र मोदी।

जसलाई अर्को वर्ष सन् २०१९ मा हुने विधानसभाको परिणामसँग जोडेर हेरिन थालेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

जेडिएस–कांग्रेस गठबन्धनले भाजपाका दिग्गज नेता श्रीराममल्लुको सुरक्षित मानिएको क्षेत्रमै जीत हासिल गरेपछि मोदी सरकारप्रति जनताको विश्वास गुम्दै गएको प्रमाण दिएको छ।

यस्तै भाजपाले बेल्लारी, शिमोगा र मांड्या जस्ता आफ्ना आधार इलाकमै पराजय भोगेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

सन् १९८४ मा विधानसभामा दुुई मात्र जितेको भाजपाले ३० वर्षपछि सन् २०१४ को चुनावमा एकल बहुमत हासिल गरेको थियो। भारतमा सन् २०१८ मा १०, २०१७ मा चार, २०१६ मा पाँच, २०१५ मा तीन र २०१४ मै पाँच सिटमा उपचुनाव भएको थियो।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*