विश्वको सबैभन्दा लामो समुन्द्री पुल : हङकङ र चीन जोड्न बुधवार देखि खुल्दै

५ कार्तिक २०७५, सोमबार ११:१९

२० अर्ब डलरको लागतमा ९ वर्ष लगाएर समुन्द्र माथी निर्माण गरिएको सबै भन्दा लामो पुल बुधवार देखि खुल्ने भएको छ । सो पुलले हङकङ र मकाउलाई मेनल्याण्ड चीनको शहर झुहाईलाई जोड्ने छ ।

चिनियाँ राष्ट्रपति सि जिनपिङ र हङकङ तथा मकाउका शीर्ष अधिकारीहरुले झुहाईमा मंगलबार हुने विशेष समारोहका बीच पुलको उद्घाटन गर्ने बताइएको छ । सर्वसाधरणका लागि बुधबारबाट पुल खुला गरिनेछ ।

५५ किलोमिटर लामो यो पुल सन् २०१६ मा नै सम्पन्न गरिने लक्ष्य लिए पनि विभिन्न कारणले केही वर्ष ढिलाइएको थियो । यो पुलको निर्माण भएसँगै दुई शहरबीचको दुरी ३ घण्टाबाट ३० मिनेटमा झर्ने भएको छ ।

यद्यपि, यो पुलको परियोजनालाई लिएर हङकङमा भने विरोधका स्वरहरु सुनिएका थिए । पुलको निर्माणसँगै चीनबाट हङकङले धान्न नसक्ने गरी पर्यटकहरु आउने उनीहरुको चिन्ता रहेको छ ।

सन् २०१६ मा हङकङमा ५।६७ करोड पर्यटक आएका थिए भने क्षेत्रफलको हिसाबले ठूलो बेलायतमा मात्र ३।७६ करोड पर्यटक भित्रिएका थिए ।

चिनियाँ सरकारका आलोचकहरुले यसलाई हङकङलाई नियन्त्रणमा राख्ने चिनियाँ योजनाका रुपमा व्याख्या गरेका छन् ।
शक्तिशाली पुल

यो पुलले ८ म्याग्निच्युडको भूकम्प, सुपर टाइफुन र कार्गो जहाजको टकरावलाई धान्न सक्ने बताइएको छ ।
४ लाख टन स्टील प्रयोग गरेर निर्माण गरिएको यो पुलमा सान फ्रान्सिस्कोको गोल्डन गेट पुलभन्दा ४।५ गुणा बढी स्टील प्रयोग गरिएको छ ।

एजेन्सी

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*