
प्रमोद खरेलले गरायो हरिवनमा हंगामा

सर्लाही-
भनिन्छ संगीतमा जादु हुन्छ,संगीतको जादुमा परे पछि मान्छेमात्र होईन वैज्ञानिकका अनुसार बोटविरुवा, जनावरको पनि क्षमतामा वृद्धि हुन्छ । “शान्ति, सुरक्षा, स्वच्छता नगरवासीको नैसर्गिक अधिकार, पारदर्शिता, सुशासन नगरविकासको मूल आधार” भन्ने नाराका साथ सर्लाहीको हरिवनमा भएको दशैं विशेष सांस्कृतिक कार्यक्रम २०७५ को साँझमा प्रमोद खरेलले दर्शकहरुमा संगीतको जादुले हंगा गरायो । के बच्चा के युवा के महिला, के झुम्कावाली उनका गीतमा सबलाई झुम्ने बनायो । मबिना कसै–कसैलाई, हंगामा भो कसम हंगामा भो, ओई झुमा ओई झुमा झुम्केवाली, लागि लागि मेरो यो चोखो माया तिम्रै लागि, माया देऊ माया देऊ जति आधा दर्जन गीतले भरपुर मनोरञ्जन गराए ।
त्यस्तै प्रमोद अघि अलमोडा उप्रेतीले पानी प¥र्यो असिना झ¥र्यो, टंक बुढाथोकी बाल कलाकार अशोक दर्जीले मन विनाको धन ठुलो कि धन विनाको मन ए.आर. बुढाथोकी, साथै सारिका घिमिरे, सुजता पाण्डे, डिजेराज पौडेल, प्रकाश तिमिल्सिनाले दर्शक तताई सकेका थिए । त्यसै गरि हाँस्यव्यङ्गे कलाकार मनोज गजुरेलले दर्शकहरुलाई हँसाएर मनोरञ्जन दिलाएका थिए ।
Pramod kharel @ harion firing the stage
Gepostet von Paricharcha News am Samstag, 13. Oktober 2018
हरिवन नगरपालिका, नगरका व्यापारी, युवाहरुको सहयोग, तथा स्वतन्त्र विद्यार्थी यूनियन, चर्तुरभुजेश्वर बहुमुखी क्याम्पसको आयोजनामा मुख्य अर्गाखाँची सिमेन्टको प्रायोजनमा हरिवन दशैं विशेष सांस्कृतिक कार्यक्रम २०७५ सम्पन्न भएको हो ।