सर्लाही हरिवनका १४ वर्षे बालकले बनाए ड्रोन (हेर्नुस् भिडियो सहित)

२२ आश्विन २०७५, सोमबार १७:३१

प्रेम पौडेल/सर्लाही–
सर्लाही हरिवन– ४,सासापुर का १४ वर्षे बालकले हेलिकप्टरको सानो रुप अर्थात ड्रोन निर्माण गरि सफल परिक्षण गरेर सबै लाई आश्चर्य चकित तुल्याएका छ्न १ उनले ड्रोन मात्रै होईन ब्याट्री बाट चल्ने ई–साईकल र स्वचालित आफै चल्ने स्मार्टकारको समेत निर्माण गरेर आफ्नो सीपको परिक्षण एक कार्यक्रमका बीच गरेर सबैलाई आश्चर्य चकित बनाएका हुन!

करिब ६८ हजारको लागतमा ड्रोन २५ हजारको लागतमा ई–साईकल र ३ हजार को लागतमा स्मार्टकार बनाई उनी अध्य्यनरत बिध्यालयले एक कार्यक्रमका बीच उनको प्रतिभा को सार्बजनिक गरेको हो १ बिध्यालयका प्रधानाध्यापक भल बहादुर अधिकारीको अध्यक्षता एवम लालबन्दी नगरपालिकाका मेयर मान बाहादुर खड्काको प्रमुख आथिथ्यतामा एक कार्यक्रम गरि निश्चलले बनाएका तिनवटै सामाग्रीको सफल परिक्षण गराईएको हो ।

परिक्षणको अबलोकन गर्नु हुँदै मेयर खडका ले यस्ता प्रतिभा को जगेर्ना गर्नको लागि आफ्नो र नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने साथै उनलाई उच्च शिक्षा सम्म हाँसिल गराउन र उनिभित्रको प्रतिभा लाई अझ उजागर गर्नको लागि आफ्नो तथा नगरपालिका को तर्फ बाट सक्दो सहयोग गर्ने प्रतिबद्द्ता जनाएका छन्  ।

त्यस्तै वडा नम्बर दुईका वडा अध्यक्ष किरण पासवानले ईसाईकलमा प्रयोग गरिने २४ भोल्ट ब्याट्री उपलब्ध गराउने प्रतिबदता जनाउनु भएको छ ।कार्यक्रम मा बिद्यालय का आर्थिक समिति अध्यक्ष उद्दब पौडेल सदस्य भिम बाहदुर थिङ्ग ,समाजसेबी ज्वाला पोखरेल लालबन्दी वडा नम्बर ४का वडा अध्यक्ष सोमनाथ बडाल सर्पदंश उपचार केन्द्र नवलपुरका अध्यक्ष बोधराज काफ्लेले बालक निश्चलको प्रतिभाको कदर गर्नु हुँदै यस्ता गहनाको जगेर्ना गर्न र उनी भित्रको प्रतिभा लाई अझ उजागर गर्न सबै को सहयो को खाचो रहेको हुदा त्यस्ता सहयोगको लागि सदैब तयार रहेको बताउदै बिद्यालय परिवारलाई निशुल्क अध्यनका लागि पहल गर्न पनि सल्लाह सुझाब दिएका थिए ।

हरिवन– ४, सासापुरका १४ वर्षिय निश्चल (स्वर्णिम) पौडेलले आफ्नै माईण्ड (दिमाग)ले गाउघरमा खेर गएका पुराना सामान को प्रयोग गरेर ब्याट्री बाट चल्ने ई साईकल को निर्माण गरेका हुन भने ड्रोन र स्मार्टकार बाहिर बाट समान खरिद गरि निर्माण गरेका हुन । सानै देखी तिक्ष्ण दिमाग भएका उनले यस भन्दा अगाडी पनि सोलर टर्च ,रेडियो तथा टिभी समेत बनाउदै आएको स्वर्णिम का बुबा काशिनाथ पौडेलले बताए ।

लालबन्दी–२, जुटपानीस्थित नवजीवन बिध्याश्रममा कक्षा ९ मा अध्यनरत गर्दै गरेका स्वर्णिम भन्छन,‘ आफु मोटरसाईकल ट्र्याक्टर चलाउनको साथै धुर्मुस सुन्तलीले बनाउने घर जस्तो नभए पनि सामान्यरुपको भुकम्प प्रतिरोधात्मक घरको निर्माणका साथै घरमा प्रयोग हुने इलेक्ट्रीक उपकरणको निर्माण गर्ने छु । ’ लाईन आए पछि सोलर ल्याम्प अन अटो कट अफ ,दिउसोको समयमा बत्ती, अफ ,घर भित्र मानिसको प्रवेश सँगै बत्ती अन र बाहिर निस्के पछि आफै अफ हुने जस्ता काम गर्न सक्ने दाबी गर्छन । आफुमा दिमाग भए पनि अर्थको अभावमा धेरै चिजको निर्माण गर्ने सोच भए पनि गर्न नसकेको निश्चल बताउँछन् ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*