सर्लाहीको हरिवनमा अख्तियारद्धारा नौं हजार घुस सहित नापी कार्यालका अमिन पक्राउ

९ आश्विन २०७५, मंगलवार १८:१४

सर्लाही-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास महोत्तरीबाट आएका टोलीले नौं हजार  घुस  सहित नापी कार्यालय हरिवननका अमिनलाई  पक्राउ गरेको छ ।

सेवाग्राहीलाई अंशवण्डा गराई भनी घुस लिई सकेको अवस्थामा अमिन किसुनदेव मण्डललाई नापी कार्यालयबाटै दिउँसो अख्तियारको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका अमिन मण्डललाई आवश्यक अनुसन्धानका लागि अहिले बर्दिवास लगिएको छ । उनले हरिपुर नगरपालिका –८ घर भएका सेवाग्राही सत्यनारायण महतो र शिव नारायण महतो दाजुभाईको अंशबण्डाको लागि उनले १५ हजार घुस मागेका थिए । तर महतो दाजुभाईले ९ हजार मात्रै विचौलीया मालपोत कार्यालय हरिवनमै लेखापढीको काम गर्ने लालबन्दी–१, नवलपुरका रामबहादुर महतो मार्फत दिएको शिव नारायण महतोले बताए ।

आफु १० दिन देखि जग्गाको कित्ताकाटको लागि धाउँदा पनि काम नभए पछि घुस दिन बाध्य भएको शिव नारायणले बताए । तर उनलाई योजनावद्ध तरिकाले फसाईएको सेवाग्राही तथा कार्यालयका कर्मचारीहरु नै बताएका छन् ।

घुस दिने र सेटिङ मिलाउने बिचौलियालाई किन नपक्रेको भनी पत्रकारद्धारा सोधिएको प्रश्नमा अख्तियारका टोली तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास महोत्तरीका, प्रमुखले केही पनि प्रतिक्रिया दिन मानेन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*