मदन भण्डारी स्पोर्ट्स एकाडेमी सर्लाहीको उपाध्यक्षमा कामना क्यापछ्याकी मगर निर्बिरोध चयन

२७ श्रावण २०७६, सोमबार १९:०४

सर्लाही:-मदन भण्डारी स्पोर्ट्स एकाडेमी सर्लाही जिल्लाको उपाध्यक्ष पदमा कामना क्यापछ्याकी मगर निर्बिरोध चयन भएका छन् । मदन भण्डारी स्पोर्ट्स एकाडेमीका केन्द्रीय सदस्य प्रभु नारायण सिवाकोटीका प्रमुख आतिथ्यमा सम्पन्न भएको बैठकले मगरलाई सर्वसम्मतरुपमा चयन गरेका सोही संघका सर्लाही जिल्ला अध्यक्ष तुलसी नारायण श्रेष्ठले जानकारी दिए ।

संघले आगामी दिनमा सरोकारवाला सबैसँग समन्वय गर्दै युवाहरुलाई खेलक्षेत्रमा उत्प्रेरित,अनुशासित, लगनशील बनाउँदै खेल क्षेत्रलाई व्यवसायीकरण गर्नेमा जोड हुने नवनियुक्त उपाध्यक्ष मगरले बताए । साथै आफ्नो पदावधी भित्र खेलकुदको माध्यमबाट जिल्ला तथा राष्ट्रलाई चिनाउन लागि पर्नेमा पनि उपाध्यक्ष मगरको भनाई थियो ।

बैठक ईश्वरपुर नगरपालिकाको बयलबासमा भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*