नेपालले ओमानमा हुने टि–२० आई सिरिज हेल्दै; पहिलो खेल हङकङसँग भिड्ने

२४ श्रावण २०७६, शुक्रबार १८:२१

काठमाडौं :- नेपालले ओमानमा आयोजना हुने पाँच राष्ट्रबीच हुने टी- २० क्रिकेट प्रतियोगिता खेल्ने निश्चित भएको छ । युएईमा आयोजना हुने आईसीसी टी- २० विश्वकपको ग्लोबल छनोट अघि ओमानले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो । सिरिजमा आयोजक ओमानसँगै नेपाल, आयरल्यान्ड, नेदरल्यान्ड र हङकङको सहभागिता रहनेछ । नेपाल ग्लोबल छनोटमा नपुगे पनि ओमानले आमन्त्रण गरिसकेको कारण नेपालले सहभागिता जनाउन लागेको हो ।

शुक्रबार सार्वजनिक खेल तालिकाअनुसार नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ । प्रतियोगिता असोज १८ देखि २३ सम्म हुनेछ ।

खेल तालिका :


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*