हिमाली यूनाईटेड क्लबको अध्यक्षमा रञ्जित धमला

२० श्रावण २०७६, सोमबार ०९:१३

सर्लाही :-हरिवनमा रहेको हिमाली यूनाईटेड क्लबको साधारण सभाबाट सर्वसम्मतरुपमा रञ्जित धमलालाई अध्यक्ष पदमा चुनिएको हो । विगत लामो समय देखि खेलकुद क्षेत्रमा आफूलाई समर्पित गर्दै आएको धमला सामाजमा रहेको विकृती विसंगती विरुद्ध हरिवन नगरबासीहरु समेट्दै आगामी दिनमा अघि बढ्ने तथा खेल क्षेत्रमा लुकेको नवप्रतिभाहरुलाई अवसर प्रदान गर्दै खेलकुदको विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

११ सदस्यीय नव पदाधिकारीहरुमा उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्यहरु क्रमशः पारसमणी भण्डारी, जितेन्द्र साह, रमेश ओली, रमा धमला, अनु खड्का, चन्द्र कुमारी खनाल, निमा तामाङ, कृष्ण फूयाँल, सन्तोष खनाल, युवराज भण्डारी रहेका छन् । त्यस्तै सल्लाह समितिमा चुडा बहादुर थापा, भरत कुमार कार्की, कृष्णजंग थापा रहेको क्लबका सदस्य युवराज भण्डारीले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*