विश्वकर्मा समाज नेपाल युएईद्वारा विद्यार्थीलाई आर्थिक सहयोग

६ श्रावण २०७६, सोमबार १४:३०

राजु तामाङ, सर्लाही :-विश्वकर्मा समाज नेपाल युएईद्वारा विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन। समाजका अध्यक्ष देव विश्वकर्मा र समाजकै केन्द्रीय सदस्य सर्लाही निवासी इन्द्र सेन्चुरीको पहलमा संकलन रकम आइतबार बुझाएको हो।

बागमती नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ओम बहादुर श्रेष्ठको उपस्थितिमा विद्यार्थीको घरमै पुगी सहयोग रकम हस्तान्तरण गरिएको हो। गत बर्षाको एसईई परीक्षामा उतिर्ण बागमती नगरपालिका १२ की विश्वकर्मा समुदायकी करिना गदाल उच्च शिक्षा अध्ययनका लागि आर्थिक समस्या भएकाले उनलाई उच्च शिक्षा हासिल गर्न समाजको तर्फबाट नगद दश हजार सहयोग गरिएको हो।

यसरी आर्थिक अभाव भै अध्ययनलाई अगाडी बढाउन समस्या भएकै बेला समाजले आफुलाई सहयोग गरेकोमा खुशी व्यक्त गर्दै सहयोगी दाताहरुलाई धन्यबाद व्यक्त गरे। यो सहयोग रकमले आफुले राम्रोसँग अध्ययन गर्ने गदालले बताइन।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*