नीलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र असहायको सेवामा समर्पित

६ श्रावण २०७६, सोमबार ०८:३०

बाँके:- खजुरा गाउँपालिका वडा नं.३, स्याक नेपाल र लगनशील किशोरी सञ्जालको सहकार्यमा असहाय तथा अनाथ ब्यक्तिहरुलाई नीलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्जमा उचित हेरचाहको लागि सिफारिस गरिएको छ । खजुरा गाउँपालिका वडा नं.३ निबासी कुसुम विक र वडा नं. ४ निवासी सीमा विकलाई नीलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्जलाई हस्तातन्तरण गरिएको हो । नीलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्जका सल्लाहकार कमल रेग्मीले असहाय ब्यक्तिको लागि नीलसागर आफ्नो घर भएको बताए ।

सो हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले सामाजिक कार्यमा सकृय भएर नील सागर आश्रम अगाडि बढेकोमा धन्यवाद व्यक्त गरे । साथै उहाँले आफनो खजुरा गाउँपालिकालाई असहाय तथा अनाथमुक्त गाउँपालिका बनाउने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

लगनशील किशोरी सञ्जालका अध्यक्ष दिक्षा न्यौपानेले अनाथ तथा असहाय ब्यक्तिलाई सहयोग गर्न पाउँदा ज्यादै हर्षित भएको बताईन् । साथै सम्पूण किशोरी क्लबका सदस्यहरुले सकृय भएर सामाजिक कार्यमा लागिरहेका पनि बताईन् । सो कार्यक्रम खजुरा गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष कान्तुराम गौतमको अध्यक्षतामा सम्पन्न भएको वडा नं. ३ का वडा सचिव थानेश्वर न्यौपानेले बताए ।

त्यसै गरि खजुरा गाउँपालिकामा किशोरी क्लबका सदस्यहरुलाई विभिन्न सचेतना कार्यक्रम प्रदान गरे पछि सकृय भई आफनो वडामा सामाजिक कार्यमा लागिरहेको स्याक नेपालका फिल्ड सुपरभाईजर पुष्पा कुमारी सुनारले जानकारी दिईन ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*