बागेश्वरी गुठी ब्यवस्थापन समिति, नेपालगन्जलाई ध्यानाकर्षण पत्र

३ श्रावण २०७६, शुक्रबार २०:३९

बाँके:- बागेश्वरी मन्दिर निर्माण कार्यहरु भई रहेकोले त्यस निर्माण प्रक्रियालाई पारदर्शी र जावाफदेही बनाउनको लागि बाँकेका नागरिक समाज संस्था र नागरिकहरुले विभिन्न विषयमा बागेश्वरी गुठी ब्यवस्थापन समिति, नेपालगञ्जलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सो ध्यानाकर्षण पत्रमा निर्माण गर्नै ठाउमा एचयवभअत दगमनभत उबिल सहित को नक्सा राख्नु पर्ने, निर्माण कार्यस्थल सुचनापाटी राख्नु पर्ने, दानबाट प्राप्त रकम सार्वजनिक गर्नु पर्ने,जुत्ता चप्पल निशुल्क राखिने व्यवस्था हुनु पर्ने, निशुल्क शौचालयको व्यवस्था हुनु पर्ने, मन्दिर परिसर भित्र कम्तीमा दुई वटा हाईमार्टस लाइटको व्यवस्था गरिनु पर्ने, मन्दिर भित्र रहेको रुख विरुवाको संरक्षण सम्वर्धन गर्नु पर्ने, जुङ्गे महादेव जाने पुल र मन्दिर नयाँ बनाउनु पर्ने, मन्दिर भित्रको फोहर मैलालाई तत्काल व्यवस्थापन गर्नु पर्ने, मेलामा हुने भिडलाई व्यवस्थापनको लागि स्टीलकेटिक र बर्षात र घामबाट बच्नको लागि टिनको छानोको व्यवस्था गर्नु पर्ने, सि.सि.टि.भि को सञ्चालन तथा उचित व्यवस्थापन गर्नु पर्ने, मन्दिर निर्माणमा सहयोग गर्ने दाताको लागि मन्दिरमा बैकको खाता नम्बर सहितको सूचना तथा दाताहरुको नाम शिलालेखमा राख्नु पर्ने बुँदा रहेका छन् ।

ध्यानाकर्षण बुझाउनेहरुमा लक्ष्मी तिवारी,बिश्वजित तिवारी,रविन्द्र कुमार ज्ञवाली,सोम गुरुङ्ग,सुनिल चौधरी,सीमा हमाल रहेका छन् । राज्यले नेपाली जनतालाई सुसुचित हुने अधिकार समेत प्रदान गरेको हुनाले राज्यमा हुने कुनै पनि निर्माण कार्यहरुमा उक्त निर्माण सम्बन्धि जानकारी तथा सूचनाहरु सूचना पाटीमा प्रकाशन गरि आम नेपाली नागरिकहरुको सूचनाको हक सम्बन्धि अधिकारको प्रत्याभुति कायम गरेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*