बाढीका कारण प्रदेश २ मा मृत्यु हुनेको संख्या ३२ पुग्यो

१ श्रावण २०७६, बुधबार ०७:०४

सर्लाही :-बाढीका कारणले प्रदेश २ मा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । सबैभन्दा बढी रौतहटमा १० महोत्तरीमा ६ जनाको मृत्यु भएको छ भने सिरहा र धनुषामा ५/५ जना, पर्सामा ३, बारामा २ र सर्लाहीमा १ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बाढीमा डुबेकामध्ये दुई जना अझै वेपत्ता रहेको प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एवं डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

डीएसपी महतोका अनुसार बिभिन्न नदी किनारमा मृतकहरु फेला परेपछि मृत्यु हुनेको संख्या बढेको छ । सोमबारसम्म १४ जनाको मृत्यु भएकोमा मंगलबारसम्म डुबेका र बगेर वेपत्ता भएकाहरुको शव फेला परेको छ ।

बाढीकै कारण सर्लाही जिल्लामा मात्र १६ सय बढी घर क्षति भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*