सर्लाहीका बाढी प्रभावितहरुका लागि राहत वितरण

३१ असार २०७६, मंगलवार १६:२५

सन्जु कर्ण, सर्लाही :- हरिवन उद्योग वाणिज्य संघले आज सर्लाहीका बढी प्रभावितहरुका लागि राहत वितरण गरेको छ । जिल्ला प्रसासन कार्यालय सर्लाही मार्फत बाढी प्रभावितहरुका लागि राहत वितरण गरेको हो । अषाढ २५ गत्ते बुधवार देखी परेको अविरल बर्षाको कारण सर्लाहीका विभिन्न स्थानमा धेरै क्षति भएको छ । हरिवन उद्योग वाणिज्य संघका पदाधिकारी र हरिवनका युवा ब्यवसायीहरु मिलेर सोमवार हरिवन बजारमा राहत संकलन गरी प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतलाई आज ईलाका प्रहरी कार्यालय हरिवनमा जिल्ला प्रहरी प्रमुख गोपाल चन्द्र भट्टराई हरिवन नगर पालिकाका नगरप्रमुख गणेश प्रसाद प्रसाई, हरिवन- ११ का वडा अध्यक्ष शेष मेहबुब रेजा, सञ्चारकर्मी लगायतको उपस्थितीमा सो संकलित राहत हस्तान्तरण गरिएको हरिवन उद्योग वाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठले जानकारी जानकारी दिए ।

सर्लाहीको धनकौल, महिनाथपुर, छतीवन र बलराका बाढी प्रभावितहरुलाई राहत वितरण गरिने प्रमुख जिल्ला अधिकारी राउतले जानकारी दिए । राहत हस्तान्तरण गर्दै गर्दा हरिवन नगरपालिकाका नगरप्रमुख प्रसाईले वास्तविक बाढी पहिचान गरि आवश्यकता अनुसार राहत वितरण गर्न सुझाव दिएका थिए । सर्लाहीमा बाढीको कारण १६ सय भन्दा बढि घरमा क्षति भएको छ ।

राहत संकलनको क्रममा कुर्था सुरुवाल, साडी, भेस्ट, पाईन्ट, टि शर्ट, बच्चाको कपडा ६ बोरा, जुत्ता चप्पल २ बोरा, त्रिपाल २ थान, चिउरा ३८ बोरा, चाउचाउ १५ काटुन, दालमोठ ७६ प्याकेट गरी दुई लाख सन्ताउन्न हजार दश रुपैया बरावरको राहत संकलित भएको संघका सचिव रामचन्द्र गौतमले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*