मनोयौन विकार (Psycho sexual disorder) के हो ?

३० असार २०७६, सोमबार २१:२२

डा. आलोक झा, कन्सल्टान्ट मनोचिकित्सक मेट्रो अस्पताल, महाराजगञ्ज

जब भावना र सोच (feeling and thought) को कारणले यौनजन्य क्षमतामा (sexual function )गडबडी हुन्छ भने यस्तो रोगलाई मनोयौन विकार (Psycho sexual disorder) भनिन्छ । यस्तो रोगमा मानिस शारीरिकरुपम सबल (physically fit) हुन्छ तापनी
यौनजन्य क्षमतामा समस्या हुन्छ ।

यौन चक्र (Sexual cycle) को कुनै पनि चरणहरुमा समस्या हुन सक्छ । यौन चक्रको चरणहरु desire, arousal, orgasm, resolution हो । पुरुषको सबभन्दा common समस्या चाहिं premature ejaculation (शिघ्र वीर्य स्वखलन) हो । पुरुषमा त्यस्तै अर्को common समस्या erection dysfunction (लिङ्ग कडा नहुनु) हो । यो मनोयौन विकार महिलामा पनि हुन्छ । जस्तैः चरमउत्कर्ष नहुनु, यौन सम्पर्क गर्ने चाहना नै नहुनु । त्यस्तै योनी दुःख्नु पनि एउटा समस्या हुन सक्छ ।


मनोयौन विकारका कारणहरु
-चिन्ता
-तनाब
-Sex को बारेमा राम्रोसँग जानकारी नहुनु ।
-उदासिनता
-भावनात्मक चोट
-सोचको समस्या जस्तैः Sex नराम्रो कुरा हो ।

उपचार विधी
यसको उपचार Psycho Therapy, Sex Therapy, Behavior Therapy, Couple Therapy बाट गर्न सकिन्छ । साथै केही समस्याको लागि औषधीको सेवन पनि गर्नु पर्ने हुन्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*