मानझुण्डी सामुदायिक वनको सार्वजनिक सुनुवाई सम्पन्न

३० असार २०७६, सोमबार २०:४६

बर्दिया:- बढैयाताल गाउँपालिकाको वडा नं.३ मा रहेको मानझुण्डी सामुदायिक वन उपभोक्ता समुहको २०७५/०७६ को सार्वजनिक सुनुवाई तथा पाँचौ चुनावी साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले सामुदायिक वनले स्थानीय जनताको हकहितको लागि कार्य गर्नु पर्नेमा जोड दिए । साथै उनले सामुदायिक वनले वातारण संरक्षणमा पनि सेवा पु¥याई रहेको बताए । सो कार्यक्रमका विशिष्ट अतिथि डिभिजन वन कार्यालय, बर्दियाका प्रमुख हरि प्रसाद श्रेष्ठले सामुदायिक वनले स्थानीय नागरिकको लागि आर्थिक स्तर बढाउन पनि सहयोग गरेको बताए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा संस्थाको प्रगति विवरण समुहका सचिव पुष्पा चौधरीले जानकारी दिइन् । त्यसैगरि लेखा संयोजक पदम प्रसाद चापागाईले आर्थिक बर्ष २०७५/०७६ असार सम्मको रु.५७,९४,७२३ बराबरको आयब्याय प्रस्तुत गरेका थिए । सोही अवसरमा नवनिर्मित सभाहलको पनि उद्घाटन बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले गरेका हुन् ।

पदम प्रसाद चापागाईको संयोजकत्वमा ९ सदस्यीय निर्वाचन मण्डल गठनगरि चुनाव गरिने मानझुण्डी सामुदायिक वन उपभोक्ता समुहका कार्यालय सचिव पदम बहादुर बुढामगरले जानकारी दिए । सार्वजनिक सुनुवाईको अध्यक्षता मानझुण्डी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शेर बहादुर रावल गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*