आँखा छोपी मनका कुरा भनु जस्तो लाग्छ

२६ असार २०७६, बिहीबार २३:१०

आँखा छोपी मनका कुरा भनु जस्तो लाग्छ
सयौं जुनी तिम्रै साथी बनु जस्तो लाग्छ ।

बर्षौ देखि प्रतीक्षामा छु म तिम्रै साथी
बाटो हेर्दै आउने दिन गनु जस्तो लाग्छ ।

धेरै भयो साथी भाको हामीहरु यहाँ
के छ कुन्नी तिम्रो मनमा जानू जस्तो लाग्छ ।

यति माया, यति बिश्वास गर्छौ तिमी मलाइ
कहिले काहीँ त सर्वश्व नै ठानु जस्तो लाग्छ ।

बिष्णु भुजेल
बेसीशहर नगरपालिका–११, लम्जुङ
तस्वीर: बिजय महर्जन


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*