अस्ट्रेलिया माथी ईङ्ल्याण्डको शानदार जित:९९६९ दिनपछि पुग्यो फाईनलमा

२६ असार २०७६, बिहीबार २२:४९

फोटो: द गार्जियन

काडमाण्डौंः- ईङ्ल्याण्डले अस्ट्रेलियालाई दोस्रो सेमिफाईनल खेलमा ८ विकेटले हराउँदै १९९२ पछि फाईनलमा पुगेको हो । अस्ट्रेलियाले दिएका २२४ रनको लक्ष्य ईङ्ल्याण्डले ३२.१ बलमा दुई विकेटको क्षतीमा पुरा गरेको हो । ईङ्ल्याण्डका लागि ज्यासन रोय र जोनी बेरस्टोले पहिलो विकेटका लागि १२४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । ज्यासन रोयले ६५ बलमा ८५ रन बनाए भने जोनी बेरस्टोले ४३ बल खेली ३४ रन जोडे । त्यस्तै जो रुट र ईयन मोर्गनले ४९ र ४५ रनको नटआउट पारी खेले।

यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको अस्ट्रेलियाले ४९ ओभरमा १० विकेट गुमाई २२३ रनमात्र जोड्न सकेको थियो । उसका लागि स्टिभ स्मिथले ८५ तथा एलेक्स क्यारेले ४६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय रन जोड्न सकेन । कप्तान एरोन फिन्स जोफ्ररा आर्चरको बलमा गोल्डेन डक भएका थिए भने हिटर ब्याट्सम्यान डेभिड वार्नरले ११ बल खेली मात्र ९ रन बनाए। अस्ट्रेलियाको ईनिङलाई मध्यम योगफलमा रोक्नका लागि ईङ्ल्याण्डका क्रिस वोएक्स र अदिल रसिदले समान तीन–तीन विकेट लिए भने जोफ्रा आर्चरले २ तथा मार्क वुडले १ विकेट हात पारेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*