गाउँगाउँबाटै महिला र बालिका विरुद्धहुने हिंसा अन्त्यकालागि प्रतिबद्धता जनाउँदै

२३ असार २०७६, सोमबार २३:२८

बाँकेः- महिला र बालिकाविरुद्धहुने हिंसा अन्त्यकालागि गाउँगाउँबाटै स्थानीय सरकारले प्रतिबद्धता जनाएको छ । महिला र बालिका विरुद्धहुने हिंसा अन्त्यकालागि सचेतना फैलाउन सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) र अक्सफाम नेपालको साझेदारीमा सञ्चालन भएको महिला र बालिका विरुद्धहुने हिंसा अन्त्यकालागि अभियान कार्यक्रम अन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिकाको वडा नं.५,६ र ७ र डुडुवा गाउँपालिको वडा नं.१,२,४र५मा १७ वटा सामुदायिक छलफल केन्द्रको नेतृत्वमा र प्रहरी,शिक्षक,वडा कार्यालय,स्वास्थ्य स्वयम सेविका, सहजकर्ताहरुको सक्रियतामा कार्यक्रम सञ्चालन भईरहेको स्याक नेपालका परियोजना संयोजक रामकुमारी चौधरीले जानकारी दिइन् । राप्तीसोनारी गाउँपालिकाको वडा नं. ५,को वडाअध्यक्ष झगरु थारुले हस्ताक्षर गर्दै महिला र बालिकामाथि हुने हिंसा न्यूनिकरणको लागि गाउँ, टोल,समुदाय र ,सबैजना मिलेर अभियानमा सरिक हुुनु पर्नेमा जोड दिए ।

राप्ती सोनारी गाउँपालिकाको वडा नं.७,को वडा सदस्य इलाही गद्दीले मधेशी तथा मुस्लिम समुदायका घर भित्रबाट बाहिर नआउने हिंसा प्रभावित तथा बालबिवाह गर्ने महिलाहरु पनि महिला हिंसा र बालबिवाहको बारेमा जानकारी राख्नु पर्नेमा जोड दिए । राप्ती सोनारी गाउँपालिकाको वडा नं.६ सिद्धेश्वर मा.वि.सिधनवाँका मा.वि. शिक्षक दिर्घराज बजगाईंले घरदैलो हस्ताक्षर अभियान कार्यक्रम प्रभाबकारी बनाउनु पर्ने र स्थानीय सरकार तथा सरोकारवालासँग मिलेर बालबिवाह र महिला हिंसा गर्नेलाई गाउँपालिकाले नीति बनाउनु पर्ने बताए । साथै यदि कसैले उमेर नपुगेर बालबिवाह गरेमा छात्र वृतिबाट बञ्चित गराउने र वडा कार्यालयले बिवाहदर्ता नगरी दिने भएमा बालबिवाह र महिला हिंसा कम हुने बताए । डुडुवा गाउँपालिकाको वडा नं.१ का प्रहरी निरीक्षक राजेन्द्र नेपालीले घरदैलो हस्ताक्षर गर्दै महिला हिंसाकम गराउनको लागि कम उमेरमा बिवाह गर्नबाट रोक्ने र जाँड रक्सीको रोकथाम गरेपछि हिंसा कमगर्न सकिन्छ भनेर बताए ।

४५ वटा सामुदायिक छलफलको नेतृत्वमा तथा प्रहरी, शिक्षक, स्वास्थ्य स्वयम सेविका, सहजकर्ता, वडा कार्यालय, सामाजिक परिचालक र महिला र बालिका विरुद्धहुने हिंसा अन्त्यका अभियान कार्यक्रमका कर्मचारीहरुको सक्रियतामा १,४०० जना अभियानकर्ताहरुको सकृयतामा ७,००० जनाको हस्ताक्षर संकलन तथा प्रतिबद्धता भएको स्याक नेपालको महिला र बालिका विरुद्धहुने हिंसा अन्त्यका अभियान कार्यक्रमका परियोजना संयोजक रामकुमारी चौधरीले जानकारी दिइन् । महिला र बालिकामाथि हुने हिंसा अन्त्यकालागि सचेतना फैलाउनको लागि डुडुवागाउँपालिको वडा नं.१,२,४ र ५ र राप्ती सोनारी गाउँपालिकाको वडा नं. ५,६ र ७ मा ४५ वटा टोलमा घरदैलो हस्ताक्षर संकलन तथा प्रतिबद्धता कार्यक्रम सम्पन्न भएको स्याक नेपालका कृष्ण गिरीले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*