ब्राजिललाई कोपा अमेरिकाको उपाधि

२३ असार २०७६, सोमबार ०९:१७

एजेन्सी

रियो दी जेनेरियो :- सोमबार बिहान भएको खेलमा घरेलु टोली ब्राजिलले पेरुलाई ३–१ गोलले हराउँदै कोपा अमेरिका फुटबलको४६औं संस्करणको उपाधि ब्राजिलले जितेको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ब्राजिलका ड्याली आल्भेस भए । ब्राजिलका एलिसन बेकर उत्कृष्ट गोलरक्षक बन्दै गोल्डेन ग्लोभ पाए ।

सर्वाधिक गोलकर्ताको पुरस्कार ब्राजिलकै एभर्टन र पेरुका पाउलो गुरेरले पाए । दुवैले तीन तीन गोल गरेका थिए । सर्वाधिक गोलकर्ता बनेका एभर्टनले युवा खेलाडीको पुरस्कार पनि हात पारे ।

ब्राजिलको जितका लागि इभर्टन साउरेजले १५औं मिनेटमा गोल गरी ब्राजिललाई अग्रता दिलाएका थिए । पेनाल्टीलाई सदुपयोग गर्दै पाउलो गुएरिरोले ४४औं मिनेटमा पेरुका लागि गोल गरी खेल बराबरी गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा गाब्रिएल जेसुसले गोल गरी पुन ब्राजिललाई २–१ को अग्रता दिलाए । रिचार्लिसनले ९०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ब्राजिलको ३–१ को जित सुनिश्चित गरिदिए।

गाब्रिएल जेसुस ७०औं मिनेटमा दोहोरो पँहेलो कार्ड पाउँदै बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सीमित भएको थियो । यसअघि पछिल्लो पटक ब्राजिलले २००७ मा कोपा अमेरिकाको उपाधि जितेको थियो । यससँगै ब्राजिलले ९औं पटक उपाधि जित्न सफल भएको छ । ब्राजिलभन्दा धेरै उरुग्वेले १५ र अर्जेन्टिनाले १४ पटक कोपा अमेरिकाको उपाधि जितेका छन्।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*