ऊसको नाम आज आज हो

२३ असार २०७६, सोमबार ०८:५२

धेरै गल्ती गरेका छौं, धेरै भूलहरु गर्यौं
हेप्यौं नानीहरुलाई जीवनधार बिर्सियौं ।

हामीले चाहने धेरै चीज पर्खन सक्दछन्
नपर्खिकन संसारी गति बालक बढ्दछन् ।

हाड मासु रगत उसको बन्दै बढ्दै छ देहमा
चेतनाको दियो प्रज्ञा ज्योति बन्दैछ नेत्रमा ।

सक्दैनौ पर्ख ह भन्न, रुक्दैन ऊ त वेग हो
हुर्कदैछ ऊ, बढ्दैछ ऊ, ऊसको नाम आज आज हो ।

ग्रावियला मिस्ट्रल


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*