युएई दुबई क्षेत्रीय समितिको अधिवेशन सम्पन्न : भूम्या पर्वसँगै नेमस शाखा

२२ असार २०७६, आईतवार १४:५३

फलेन्द्र मगर, युएई :- परम्परागतरूपमा १८ मगरातका मगर सामुदायले भूमि र प्रकृतिलाई बलिसहित पूजा गर्ने भएर नै भूम्या पर्व भनेर असार १ गतेको दिनमा यो पर्व मनाउने किंवदन्ती रहिआएको छ । तर परदेशमा परिवेश अनुसार यो पर्व नेपाल मगर संघ शाखा, युएईले गत तीन वर्षदेखि मनाउदै आएको हो र यसपटक पनि युएईको शहर दुबईमा जुलाई ५ तारिखका दिन भूम्या पर्व र नेमस शाखा , युएई दुबई क्षेत्रीय समितिको ९ औं अधिवेशन सम्पन्न भयो ।

विश्वभरि छरिएर आ–आफ्नो विभिन्न पेशा र व्यवसाय गरेर बसेका आम मगर सामुदायलाई एकत्रित पार्ने उदेश्यले प्रवासमा पनि विभिन्न संघ, संगठन बिस्तार हुँदै आएका छन । त्यहीँ सिलसिलामा अहिले युएईमा जुलाईको यो गर्मीसँगै युएईमा स्थापना भएका संघ, संस्थाहरुका क्षेत्रीय र केन्द्रीय अधिबेशनको सरगर्मी बढदै गएको हो । त्यहीँ सरगर्मी सँगसँगै नेपाल मगर संघ , शाखा युएई दुबई क्षेत्रीय समितिको १९-२१ को नयाँ कार्यकालको लागि होम बहादुर रजाली मगरको नेतृत्वमा २१ सदस्यीय क्षेत्रीय समितिको गठन गरेको हो ।

अध्यक्ष:- होम रजाली मगर, उपाध्यक्ष:- कासिमाया मगर, सचिब :- नरजित राना मगर सह- सचिब:- हेमा पुन मगर ,कोषाध्यक्ष:- सितल थापा मगर, सह(-कोषाध्यक्ष :- लक्षमण थापा मगर, महिला प्रमुख :- गीता थापा मगर, महिला उप- प्रमुख :- यम कुमारी थापा मगर, अनुशासन बिभाग प्रमुख :- सुरेन्द्र गुर्मछान मगर, अनुशासन उप-प्रमुख:- सितल राना मगर, संगठन बिभाग प्रमुख :- सन्दिप राना मगर, संगठन बिभाग उप-प्रमुख : माया रजाली मगर, साँस्कृतिक विभाग प्रमुख:- हिरा थापा मगर साँस्कृतिक उप-प्रमुख :- सोनु राना मगर, प्रबक्ता:- तेज ढेङ्गा मगर, खेलकुद विभाग स्केशर सारु मगर, सक्रिय सदस्य:- बिनिता थापा मगर, सक्रिय सदस्य :- लक्ष्मी थापा मगर (सोनु काली), सक्रिय सदस्य : करन थापा मगर, सक्रिय सदस्य :- रोम ताङ्नामि मगर, सक्रिय सदस्य :- रेशम पुलामी मगर रहेका छन। नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक राजु सिंजाली मगरले पद तथा गोपनियताको सपथ सँगसँगै प्रमाणपत्र सहित बधाई तथा शुभकामना दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*