तामाङ जातिको रीतिरिवाज सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न

२० असार २०७६, शुक्रबार २१:२३

राजु तामाङ, सर्लाही:- सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १५ परवानीपुरमा तामाङ जातिको रीतिरिवाज र संस्कृति सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार डिम जनता उमाविमा भएको कार्यक्रमलाई वडा नम्बर १५ को लक्षित वर्गको बजेटबाट कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष गोरख बल तामाङले जानकारी दिए।

पछिल्लो समय तामाङ जातिले आफ्नो संस्कार संस्कृति रीतिरिवाज बिर्सन लागिएको अवस्थामा वडा कार्यालयले तामाङ जातिको धर्म, संस्कार, संस्कृति र रीतिरिवाजलाई जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडा कार्यालयले जानकारी गराए।

तामाङ जातिको रीतिरिवाज सम्बन्धि एक दिने
कार्यक्रममा उपस्थित सहभागी

लालबन्दी नगरपालिकाकी उपप्रमुख शान्ति लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ भाषा, लिपि साहित्य विभाग प्रमुख काजिमान थिङ तामाङले सहभागीलाई प्रशिक्षण दिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले तामाङले आफ्नो भाषा संस्कृति बिर्सिसकेको अवस्थामा यस्तो खालको कार्यक्रम आयोजना गरिएकोमा खुशी व्यक्त गर्दै धन्यबाद व्यक्त गरिन । अहिलेको तामाङले भाषा सापटी लिएर बोल्दै गर्दा वडा कार्यलयले गरेको कार्यक्रम उदाहरणीय रहेको छ। घेवा, छेवार, बिहेमा यसरी यो तरिकाले तामाङको धर्म र संस्कार अनुसार गर्नु पर्छ भन्ने सवालमा सहभागीले राम्रोसँग ज्ञान सिकेर आफ्नो गाउँ समाजमा लागू गर्नु पर्नेमा उपप्रमुख लामाले जोड दिईन् ।

तामाङको परम्परागत कुरालाई गरिरहदा तामाङ जातिको वर्चस्व रहेकोले धर्म संस्कार संस्कृतिलाई जोगाउनु पर्छ भावि पुस्तालाई यस्तै किसिमको संस्कार सिकाउनु पर्छ। यसलाई बचाई राख्नु पर्छ। हामीले नजोगाए कस्ले जोगाउला भनेर पनि सहभागीलाई प्रश्न गरे, संस्कृतिमा बिहे गर्दा स्वयम्वर हैन चारदाम गर्नु पर्छ, तामाङ चेलीको थर परिबर्तन हुँदैन, बिहेमा सिन्दुर लगाउनु हुदैन भन्ने सामान्य कुराहरुलाई पनि हामीले बुज्नु पर्छ त्यसैले हाम्रो संस्कार जोगाउनु पर्छ। यो भन्दा अझ आउने दिनमा राम्रो कार्यक्रम गर्न के गर्नु पर्छ यहाँहरुबाट नै सल्लाह सुझावको अपेक्षा गरेका छौं र नगरपालिकाको तर्फबाट सहयोग पनि गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन ।

वडा अध्यक्ष गोरख बलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १५ का वडा अध्यक्ष गणेश थापा, नेपाल तामाङ घेदुङ प्रदेश नम्बर दुईका सदस्य शुभलाल बोम्जन, स्थानीय समाजसेवी चन्द्र बहादुर स्याङतान, महिला नेतृ छोइसाल ग्लान लगायतका अतिथिहरुको उपस्थिति रहेका थिए।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*