‘विषादी हालेको तरकारी खाएर देश सम्मृद्धि हुँदैन’

१९ असार २०७६, बिहीबार १७:४४

सर्लाही:- हरिवन नगरपालिका वडा नम्बर–८ को सहयोगमा १० वटा कृषक समूहलाई १० थान पावर विडर (झार काट्ने औजार) वितरण गरिएको छ ।‘विषादी हालेको तरकारी खाएर देश सम्मृद्धि हुँदैन। हामीले लगाएको उत्पादनले दुई पैसा देखाओस्’ कार्यक्रमका प्रमुख अतिथी हरिवन नगरपालिकाका नगरप्रमुख गणेश प्रसाद प्रसाईले सम्बोधन गर्दै भने —’यसमा नगरपालिकाले सहयोग गर्न तयार छ जसले राम्रो काम गर्नेलाई प्रेरणा मिलोस् ।’

विदेशमा गएर बोल्न जानेन भने दुःख पाईन्छ, रोग लाग्यो भने मृत्यु हुने सम्भावना हुन्छ । स्वदेशमै केही गर्छु भन्ने हिम्मतिला कृषकहरुको जरुरत भएको नगरप्रमुख प्रसाईले बताए ।

१० थान झार काट्ने मिसिनको २ लाख २५ हजार रुपैया लगानी परेको साथै औजारले कृषकहरुको कार्यक्षमतामा सहयोग पुर्याउने वडा नम्बर –८ का वडा अध्यक्ष यज्ञविनोद ढुंगेलले बताए । पारिजात महिला कृषक समूह, कौवा, चापिनी कृषक समूह, तरकारी फलफूल उत्पादक कृषक समूह डाँडाटोल, नयाँ नेपाल कृषक समूह, नारायण कृषक समूह, जनचेतना कृषक समूह, हातेमालो कृषक समूह, पाख्रिनटोल कृषक समूह, कैलाशपुरी तरकारी समूह, माझिटोल महिला कृषक समूहले १–१ थान कृषी औजार पाएका थिए ।

राम प्रसाद घिमिरे, चुडामणी वाग्ले, उपनगरप्रमुख रेणुका पौडेल लगायतले आफ्ना मन्तव्य राखेको कार्यक्रमको अध्यक्षता जनचेतना महिला समूहका अध्यक्ष अनु ढुंगेलले गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*