कोपा अमेरिका फुटबलमा ब्राजिल र पेरु भिड्ने

१९ असार २०७६, बिहीबार १२:२७

तस्वीर : गेटी ईमेज

काठमाण्डौं:- चिलीलाई हराउँदै पेरु ४४ वर्षपछि कोपा अमेरिका फुटबलको फाईनलमा पुगेको छ । आज बिहान भएको खेलमा पेरुले चिलीमाथि ३–० को जीत निकालेको हो । यो जीतसँगै आउदो शनिवार पेरुले ब्राजिलसँग फाईनलमा भिड्न्त गर्ने छ ।

पेरुको जितमा इडिसन फ्लोरेसले २१औं मिनेटमा गोल गरे । त्यसपछि ३८औं मिनेटमा चिलीका योशीमार योटुनले गोल गर्दे टोलीको अग्रता दोब्बर नाए । दोस्रो हाफको इन्जुरी समयमा जोस पाउलो गुरेरोले गोलगर्दै पेरुलाई फाइनलमा पुर्याए । त्यसलगत्यै चिलीले पेनाल्टीको मौका खेर फालेको थियो । चिलीका एडुआर्डो भार्गासको प्रहारलाई पेरुका गोलरक्षकले सजिलै विफल पारिदिएका थिए ।

हिजो भएको सेमेफाईनल खेलमा ब्राजिलले अर्जेन्टिनालाई २–० ले हराएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*