राजिब गुरुङ उर्फ दिपक मनाङ्गे नेकपा प्रवेश

१९ असार २०७६, बिहीबार ०९:२५

तस्वीर राजिव गुरुङ को फेसबुल वालबाट

पोखरा:- गण्डकी प्रदेशका सांसद दिपक मनाङ्गे भन्ने राजिब गुरुङल नेपाल कम्येनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

बिहिबार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेश प्रदेशका मुख्य मन्त्री समेत रहेका नेकपाका नेत पृथ्वी सुब्बा गुरुङले पार्टी गराएका हुन् ।

मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका मनाङ्गे नेकपाकै सहयोगमा विजयी भएका थिए । तर ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परी थुनामा रहेका सांसद दीपक मनाङ्गे थुनामुक्त भएपछि प्रदेश सांसदको रुपमा सपथ लिएका थिए।

हाल उनी प्रदेशको अर्थ तथा विकास समितिको सदस्यको जिम्मेवारीमा समेत छन्।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*