सूचनामैत्री बनाउने जानकी गाउँपालिकाको प्रतिबद्धता

१८ असार २०७६, बुधबार २२:४०

नेपालगञ्ज:- बाँकेकोे जानकी गाउँपालिकालाई सूचनामैत्री गाउँपालिका बनाउने गाउँपालिका अध्यक्ष रामनिवास यादवले प्रतिबद्धता जनाएका छन् ।

जानकी गाउँपालिकाको सहकार्यमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले जानकी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई सूचनाको हक, सुशासन र मुलुकी देवानी संहिता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेका थिए । सो समापनको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रामनिवास यादवले अब गाउँपालिकाले प्रवाहगर्ने सेवा सुविधाको अवस्था प्रभावकारी हुने साथै सुचनामैत्री बनाउने प्रतिबद्धता समेत जनाए ।

समापन कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष भूमिसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जंग शाही र ६ वटै वडाका वडा अध्यक्ष र कार्यपालिका सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रममा नेपालबार एसोसिशन प्रदेश नं.५का उपाध्यक्ष अधिवक्ता सुनिल श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख चन्द्रकान्त चापागाई र उच्चअदालत नेपालगञ्जका रजिष्टार हिरण्य प्रसाद भण्डारीले मुलुकी देवानी संहिता, स्थानीय सरकार र मानव अधिकारको अवस्था र स्थानीयतहको न्यायिक अधिकारको विषयमा प्रशिक्षण दिएको आयोजक संस्थाका अध्यक्ष विश्वजित तिवारीले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*