लायन्स क्लब अफ काठमाण्डौ बिशाल बजार सुर्यतेजको नेतृत्वमा

१७ असार २०७६, मंगलवार २२:२४

काठमाण्डौं:- लायन्स क्लब अफ काठमाण्डौं बिशाल बजारको वर्ष २०१९–२० को नयाँ नेतृत्वको अध्यक्षमा लायन सुर्यतेज शाक्य सर्वसम्मतरुपमा चयन भएका छन् । त्यस्ते सचिवमा लायन सुमन विष्ट, कोषाध्यक्षमा लायन सुमन अधिकारी पनि सर्वसम्मतरुपमा चयन भएका हुन् । सोही अवसरमा आज सर्वसम्मतरुपमा मनोनित भएका अध्यक्ष शाक्यलाई लायन्स क्लबका पूर्व अध्यक्षहरुले कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

मनोनित अध्यक्ष शाक्यले क्लबका नियमित कार्यक्रमहरु निःशुल्क एम्बुलेन्स, शव बाहन,आँखा चेकअफ जस्ता कार्यक्रमलाई निरन्तरता दिंदै २०१९–२० का लागि भावी कार्यक्रमहरु प्रस्तुत गरेका छन् ।
१) ग्रामीण भेगका सामुदायिक विद्यालयहरुमा निःशुल्क शौचालय बनाउने योजना ।
२) दुर्गम तथा पिछडिएका ठाउँमा स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने मेघा स्वास्थ्य शिविर ।
३) शिक्षा क्षेत्रमा निःशुल्क छात्रावृत्ति कोषको स्थापना गर्ने ।
४) अनाथ बालबालिकाहरुलाई माया बाँडौं भन्दै विभिन्न स्थानमा शैक्षिक भ्रमण गर्ने ।
५) जेष्ठ नागरिकलाई सम्मानस्वरुप वृद्धवृद्धालाई भोजन सहित निःशुल्क मनकामना दर्शन ।
६) रक्त दान जीवन दान भन्दै विभिन्न स्थानमा रक्तदान संकलन कार्य गर्ने ।
७) खेलौं कुदौं स्वस्थ्य बनौं भन्ने नाराका साथ लायन्स खेलकुद प्रतियोगिता ।
८) लायन्स फेलोसीप पिक्निक ।
९) स्वाबलम्वी रोजगार अन्तर्गत युवाहरुलाई बेकरी, प्लम्बर, ब्युटिसियन, लायन्स लिडरसीप,मोटिभेसन, ईपियस तालिम ।
१०) निःशुल्क आँखा शिविर ।
११) कला संस्कृतिको जर्गेना गरौं भन्दै ग्राण्ड नेवारी फेस्टिबलको आयोजना ।
१२) लायन्स क्बल अन्र्तराष्ट्रिय क्लब बिस्तार (एक्सटेन्सन) अन्तर्गत लायन्स क्लब अफ काठमाण्डौं ईन्द्रेणी खुश्बुको स्थापना जसका सस्थापक अध्यक्ष लायन्स सागर डंगोलको नेतृत्वमा २१ सदस्य गठन ।
१३) क्लबमा नयाँ १० सदस्य थप ।
१४) नेपालीहरुको महान चाड बिजया दशमी, तिहार र छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम ।
१५) नेपाली चलचित्रलाई माया गरौं भन्दै सानोमनको च्यारिटी कार्यक्रमको साथै विभिन्न सामाजिक कार्यक्रम गर्ने बाचा ।

साथै सो सामाजिक कार्यक्रमका लागि अध्यक्ष लायन शाक्यले सम्पूर्ण सदस्यहरुलाई तन, मन र धनले सहयोग गर्नका आव्हान समेत गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*