महिला र बालिका विरुद्ध हुने हिंसा अन्त्यकालागि हस्ताक्षर अभियान

१७ असार २०७६, मंगलवार २१:४१

बाँके:- महिला र बालिकाविरुद्धहुने हिंसा अन्त्यकालागि घरदैलोमा पुगी हस्ताक्षर संकलन तथा प्रतिबद्धता समेत संकलन गरिरहेका छन् । महिला र बालिका विरुद्ध हुने हिंसा अन्त्यका लागि सचेतना फैलाउन सामाजिक सचेतन सरोकार मन्च (स्याक नेपाल) र अक्सफाम नेपालको साझेदारीमा सञ्चालन भएको महिला र बालिका विरुद्ध हुने हिंसा अन्त्यकालागि अभियान कार्यक्रम अन्तर्गत राप्तीसोनारी गाउँपालिकाको वडा नं.५,६ र ७ र डुडुवा गाउँपालिको वडा नं.१,२,४र५मा १७ वटा सामुदायिक छलफल केन्द्रको नेतृत्वमा र प्रहरी,शिक्षक,वडाकार्यालय,स्वास्थ्य स्वयमसेविका, सहजकर्ताहरुको सक्रियतामा कार्यक्रम सञ्चालन भईरहेको स्याक नेपालका परयोजना संयोजक रामकुमारी चौधरीले जानकारी दिइन् ।

डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले हस्ताक्षर गर्दैं महिला हिंसा र बालविवाह न्युनिकरणकालागि डुडुवा गाउँपालिका पनि सकृय भएर लाग्ने प्रतिबद्धता ब्यक्त गरे । त्यसै गरि डुडुवा गाउँपालिको वडा नं.५का वडा अध्यक्ष पर्शुराम बुढाथोकीले हस्ताक्षर गर्दैं महिला तथा बालबालिकामा हुुने हिंसा रोक्न घरपरिवार नै सचेत हुुने पर्ने बताए । साथै उनले यस्ता अभियानमा वडाकार्यालयले पनि सहकार्य र समन्वय गर्ने प्रतिबद्धता ब्यक्त गरका छन् । स्याक नेपालको समन्वयमा महिला हिंसा र बालविवाह न्युनिकरणकालागि घरदैलो हस्ताक्षर तथा प्रतिबद्धता कार्यक्रम डुडुवा र राप्तीसोनारी गाउँपालिकामा सञ्चालन भईरहेको स्याक नेपालका कृष्ण गिरीले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*