समता सञ्चालक उत्तम सञ्जेल पत्नीसहित ३ विरुद्ध कर्तव्य ज्यानमुद्दा सुसाइड नोटमा ‘म्याम’ सहित तीनको नाम उल्लेख

१७ असार २०७६, मंगलवार १२:२०

सुसाइड नोटमा ‘म्याम’ सहित तीनको नाम उल्लेख

काठमाण्डौं :-कर्मचारी झुण्डिएको अवस्थामा फेला परेको घटना अनुसन्धान गर्न प्रहरीले बौद्धस्थित समता अस्पताल सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीसहित तीन जनालाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ ।

कर्मचारी झुण्डिएको अवस्थामा फेला परेको घटना अनुसन्धान गर्न प्रहरीले बौद्धस्थित समता अस्पताल सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीसहित तीन जनालाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार उत्तम सञ्जेल पत्नी कला अधिकारीसहित अस्पतालकै कर्मचारी पितकुमारी श्रेष्ठ र संगीता केसीविरुद्ध कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालेको हो ।

गत असार ३ गते रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङले अस्पतालमा झुण्डिएर आत्महत्या गरेपछि उनीहरुलाई नियन्त्रणमा लिई परिसरले सुरुमा केही अभद्र व्यवहारमा म्याद लिई अनुसन्धान थालेको थियो ।

तामाङलाई आत्महत्या गर्न बाध्य गरेको पाटोमा अनुसन्धान आवश्यक देखिएकाले कर्तव्य ज्यानमुद्दा चलाइएको परिसरका प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।

अस्पतालभित्रै आत्महत्या गरेकी तामाङको साथबाट कला अधिकारीसहित केही कर्मचारीको नाम उल्लेख गरिएको सुसाइड नोट भेटिएको थियो ।

कागजमा तीर्थ र संगीताको नाम अंग्रेजी अक्षरमा लेखिएको थियो भने तेस्रो अक्षर ‘म्याम’ थियो । सो सुसाइड नोटको कागजलाई परीक्षण गर्न विधि विज्ञान प्रयोगशाला पठाइएको छ ।

सुसाइड नोटमा नाम उल्लेख गरिएको कारण आत्महत्या गर्न बाध्य पारिएको हो÷होइन त्यो पाटोमा उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भएको परिसरले जनाएको छ ।

तामाङले आत्महत्या गरेपछि आक्रोशित स्थानीय र तामाङको आफन्तलले अस्तालमा तोडफोड र नाराबाजी समेत गरेका थिए । तामाङको परिवारले भने आत्महत्या नभएको दाबी गर्दै आएको छ ।

यता, तामाङको शव पोस्टमार्टमको रिपोर्ट आइसकेको छ । जसमा तामाङले आत्महत्या गरेको देखिएको छ । मुलुकी फौजदारी संहितामा आत्महत्या गर्न दुरुत्साहन गरेको प्रमाणित भए कर्तव्य ज्यानमुद्दा चल्छ र प्रमाणित भए पाँच वर्ष सजाय हुने व्यवस्था छ ।

साभार : रातोपाटी



यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*