भारतको महाराष्ट्रमा पर्खाल भत्किँदा २७ जनाको मृत्यु

१७ असार २०७६, मंगलवार ११:५१

तस्वीर:dnaindia.com

भारतको महाराष्ट्रमा विभिन्न स्थानमा पर्खाल भत्किँदा २७ जनाको मृत्यु भएको छ । हिजोदेखि निरन्तर परेको वर्षाले महाराष्ट्रका मलाड ईस्टको कुरार गाउँमा १८, पुणमा ६ र कल्यानका राष्ट्रिय उर्दु विद्यालयमा गयराती पर्खाल भत्किँदा उनीहरुको मृत्यु भएको र १५ जना भन्दा बढि घाइते भएका छन् ।

घटनास्थलमा अझैं मानिस फसेको हुन सक्ने आशंकामा प्रहरी उद्दार कार्य सुरु गरेको छ । तर, वर्षाका कारण उद्दार कार्यमा समस्या भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । घाइतेहरुलाई उपचारका लागि विभिन्न अस्पतालहरुमा भर्ना गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*