सभामुख महराको कथन-माफियाले देश हडप्न खोजे

१४ असार २०७६, शनिबार २०:२८

तस्वीर :रासस

काठमाडौं – सभामुख कृष्णबहादुर महराले माफियाहरूले देशै हडप्न खोजिरहेको बताएका छन्हनुमन्ते सफाइ अभियानको ७० औं हप्ताको अवसरमा सूर्यविनायक नगरपालिका ४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा शनिबार राष्ट्रिय वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महराले भने, ‘सडक र नदीमात्रै सफाइ गरेर हुदैन, देशको राजनीतिमा पनि प्रदूषण छ, यसैले राजनीतिक सफाइ जरुरी छ ।’

उनले यसलाई ‘राजनीतिक प्रदूषण’को संज्ञा दिएका छन्। सभामुख महराले व्यक्तिका नाममा गएका सार्वजनिक जग्गा, वन, पोखरीलगायत सम्पत्तिलाई समुदायको नाममा फर्काउने ठूलो अभियान सरकारले सुरु गरिसकेको बताए। राष्ट्रिय वृक्षारोपण कार्यक्रम अन्तर्गत सो स्थानमा दुई सय बढी एभोगाडोका बिरुवा रोपिएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*