पोखरामा दुई दिने प्रदेश स्तरीय युवा सम्मेलन शुरु

१३ असार २०७६, शुक्रबार २२:०१

पोखरा- नेपालयुवा परिषद कास्की जिल्लाको आयोजनामा दुई दिने प्रदेश स्तरीय युवा सम्मेलन शुरु भएको छ । कार्यक्रमको प्रमुख अतिथी तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा परिवर्तनका सम्वाहक भएकाले युवाहरुमा लगानीगर्नु पर्ने आवश्यक रहेको बताए । त्यस्तै नेपालयुवा परिषद कास्कीका सदस्य संकेत तिम्सिनाले स्वागत मन्तव्य,नेपालयुवा परिषद केन्द्रका अध्यक्ष सरोज बानियाले परिषदको परिचय र कास्की परिषदका सचिव अनुपमा पुरीले कार्यक्रम सञ्चालन गरेका थिए ।

उदघाटन कार्यक्रममा प्रदेश संसद राजीव पहारी, राष्ट्रिययुवा परिषदका प्रतिनिधी आर्शिवाद सुवेदीले दुई दिने सम्मेलनको शुभकामना दिएका थिए । पहिलो दिनको कार्यक्रममा नेपालयुवा परिषदका संस्थापक अध्यक्ष सरोज बानियाँले नेपालयुवा परिषदको यात्राको बारे जानकारी गराए भने गण्डकी प्रदेशका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गिरीधारी सुवेदीले गण्डकी प्रदेशको नीति तथा योजनाको प्रस्तुतीकरण गरेका थिए ।

यसैगरी कोकाकोलाका प्रतिनिधी विक्रम केसीले कोकाकोलाले सामाजिक उत्तरदायित्व अन्तर्गतका कामहरुको प्रस्तुतीकरणका सार्थ युवा उद्यमशीलता शिर्षकमा प्यानल संवाद गरेका थिए । सो प्यानल संवादमा पोखरा उद्योग वाणिज्य महासंघका महासचिव अर्जुन पोखरेल, हिमालय अर्गनाइजेसनका प्रतिनिधी एवं महिला उद्यमी मिलन थापा र नेपाल युवा उद्यमी कास्कीका अध्यक्ष बैभव पौडेलको सहभागीता रहेको थियो भने सहजीकरण सञ्चारकर्मी एवं महिला अधिकारकर्मी सरीता तिमल्सिना पङ्गेनीले गरेका थिए ।

यसैगरी द पावर अफ आईडिया नामक सेसनको सहजीकरण सुजन रेग्मीले गरेका थिए भने विकासमा मानव सुरक्षा विषयको सहजीकरण कास्की जिल्लाका प्रहरी उपरीक्षक धनबहादुर कार्कीले गरेका थिए । पहिले दिनको सम्पूर्ण विषयगत कार्यक्रम पछि विविध साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।

दुई दिनसम्म चल्ने सम्मेलनको उद्दघाटन कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख अतित्थतामा हुनुका साथै नेपालयुवा परिषद कास्की जिल्लाका अध्यक्ष मोनिका रानाभाटको अध्यक्षतामा सम्पन्न भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*