न्यूजिल्याण्डको अपराजित यात्रा टुङ्गियो, पाकिस्तान ६ विकेटले बिजयी

१२ असार २०७६, बिहीबार ०७:३५

काठमाण्डौं- बलिङमा शाहिन अफ्रिदी र ब्याटिङमा बाबर आजम चम्किदा न्यूजिल्याण्डको अपराजित यात्रा टुङ्गिएको हो । पाकिस्तानले ५ बल अगावै ४ विकेटको क्षतीमा न्यूजिल्याण्डले दिएको २३८ रनको सामान्य लक्ष्य पुरा गरेको हो । यस जीतसँग पाकिस्तानले सेमिफाईनलमा पुग्ने आशा कायमै राखेको छ । बाबर आजमको अविजित १०१ रन तथा मोहम्मद हाफिजको ६८ रनको मद्दतले पाकिस्तानको जीत सम्भव भएको हो । न्यूजिल्याण्डका ट्रेन बोल्ट, लोक्की फर्गुसन र केन विलियमसनले समान १–१ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिलो ब्याटिङ रोजेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरको क्षतीमा ६ विकेट गुमाएर २३७ रन बनाएको थियो । एक समय ८३ रनमा ५ विकेट गुमाएर धर्माएको न्यूजिल्याण्डको ईनिङलाई जिम्मी निसम र कोलिन डे ग्राण्डहोमले उकासेक थिए । ग्राण्डहोम रन आउट हुनु अघि उनीहरुले १३२ रनको पार्टनरसिप गरेको थिए । ग्राण्डहोमले महत्वपूर्ण ६४ रन बनाए भने निसम ९७ रनमा नट आउट रहे ।

न्यूजिल्याण्डलाई २३७ रनमै रोक्ने क्रममा पाकिस्तानका शाहिन अफ्रिदीले १० ओभरको बलिङमा २८ रन खर्चेर ३ मेडेन ओभरमा सुरुवाती ३ विकेट लिए । त्यस्तै शादब खान र मोहम्मद अमिरले समान १–१ विकेट हात पारे ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*