सोछे जस्तो भएन सफर जिन्दगीको

११ असार २०७६, बुधबार २२:३५

सोछे जस्तो भएन सफर जिन्दगीको ।
नहुने रैछ पुरा रहर जिन्दगीको।।

तिमी आउनु याद उपहार ल्याउनु 
बाँकी नहोस अब कहर जिन्दगीको ।।

बारम्बार आफ्नैबाट जब खुसी लुटियो
हरायो यार तब बहर जिन्दगीको ।।

पिडाहरु यस कारण पनि भोग्दैछु 
गर्नै जानिन मैले कदर जिन्दगीको ।।

आज दिल खोलेर घोषणा गरिदिए 
पिएर लेखेको हुँ जहर जिन्दगीको ।।

प्रकाश पौडेल 
गुलरिया -४,बर्दिया


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*