प्रदेश स्तरीय दोस्रो हरिवन मेयरकप: सिरहालाई हराउँदै बारा दोस्रो चरणमा

११ असार २०७६, बुधबार २१:५१

राजु तामाङ, सर्लाही- सर्लाहीको हरिवनमा जारी प्रदेशस्तरीय दोस्रो हरिवन मेयरकपको बुधबारको खेलमा बारा जिल्ला विजयी भएको छ। आज सिरहा र बारा जिल्लाबीच भएको प्रतिस्पर्धामा बाराले सिरहालाई ३ ० ले पराजित गरेको हो। खेलको १४ औं मिनेटमा बाराका खेलाडी सनम थापा मगरले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए। एक गोलले पछि परेको सिरहा खेलको लयमा फर्किन धेरै प्रयास गरे पनि गोल गर्न भने सकेनन।

खेलको मध्यन्तर सम्ममा १- ० ले पछि परेको सिरहा केही दबाबमा देखिए तर पनिनिकै सम्हालेर खेलेका सिरहाले केही राम्रा राम्रा अवसर गुमाउँदै गए। खेललाई सुधार्दै खेलेपनि खेलको ७० औं मिनेटमा आफ्नै डिबक्स भित्र हेन्ड गर्न पुगेपछि बाराले पेनाल्टी पाएका थिए। सोही अवसरलाई रविन ढुंगानाले सजिलै गोल गर्दै अग्रतालाई दोब्बर बनाए। त्यस्तै खेलको ७८ औं मिनेटमा विवश गुरुङले अर्को थप गोल गर्दै अन्तत ३ – ० को नतिजा निकाल्दै बारा विजयी भएको हो। खेलको म्यान अफ दि म्याच बाराका सन्जय मगर घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे ।

भोलिको खेल पर्सा र सप्तरी जिल्लाबीच दिउँसो ठीक ३ बजे सुखेपोखरी स्थित चतुर्भुजेश्वर जनता उमाविको खेल मैदानमा हुनेछ। प्रतियोगिता विजेता टिमले नगद १ लाख ५० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद ७५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*