प्रकाशन गृहको चरम लापर्बाही : ४ वर्ष देखि नेपालको राष्ट्रिय मानव अधिकार आयोगको लोगोको सट्टा भारतको प्रयोग

११ असार २०७६, बुधबार २१:१०

काठमाण्डौं- पुस्तक प्रकाशन गर्ने क्रममा प्रकाशन गृहहरुको चरम लापर्बाही देखिएको छ । अस्मिता बुक्स पब्लिसर्स एण्ड डिस्टिव्युटर्स नामक प्रकाशन गृहबाट अर्जुन घिमिरे, विष्णु प्रसाद सुवेदी र डाक्टर भागवत रिजालबाट लिखित कक्षा १० मा अध्यापन भईरहेको सामाजिक अध्ययन (Social Studies) विषय पुस्तकको पृष्ठ १३१ मा नेपालको राष्ट्रिय मानव अधिकार आयोगको लोगो हुनु पर्नेमा भारतको मानव अधिकार आयोगको लोगो राखिएको छ । सो प्रकाशन गृहबाट वि.सं.२०७२ साल देखि नै छापेर काठमाण्डौंका नाम चलेका अध्यापन भईरहेको छ ।

त्यस्तै एशिया पब्लिकेशन प्राईभेट लिमिटेडको पनि समान खालको त्रुटि भेटिएको छ । एशिया पब्लिकेशनले निकालेको नवौं संस्करणमा सामाजिक अध्ययन (Social Studies) विषय पुस्तकको पृष्ठको पृष्ठ १७२ मा पनि भारतको राष्ट्रिय मानव अधिकार आयोगको लोगो रहेको छ । एशिया पब्लिकेशनद्धारा प्रकाशित उक्त पुस्तक माला केसी (श्रेष्ठ), उत्तम प्रसाद लुईटेल, कुमार चापागाईद्धारा लेखिएको तथा डिल्ली प्रसाद वाग्लेद्धारा सम्पादित हो ।

प्रकाशन गृहहरुको यस्तो गैरजिम्मेवारीपूर्ण कार्य, नियतवश गरिएको हुन सक्ने आशंका उब्जाएको सामाजिक अभियन्ता आभास फुयाल बताउँछन् । अभियन्ता फुयालले आफ्नो फेसबुक स्टाटसमार्फत सम्बन्धित निकायको ध्यानआकर्षण गराएका छन् । त्यस्तै यस त्रुटीपूर्ण कार्यमा संलग्न सम्बन्धित निकायलाई कारर्बाहीको माग समेत गरेका छन् ।

‘यो एकदम गैर जिम्मेवारपन हो । पाठ्यपुस्तक हेर्ने सम्बन्धित निकायहरु छन् । पुस्तक प्रकाशन गर्नु भन्दा अगाडी उहाँहरुले नै मिहीनढंगले हेर्नु पर्ने थियो । यसलाई तुरुन्त सच्याउनु पर्छ ।विद्यार्थीहरुमा गलत सन्देश जाने हुन्छ ।’ राष्ट्रिय मानव अधिकार आयोगका निर्देशक मुरारी खरेल भन्छन्—‘कारर्बाहीका लागि नियतवश राखिएको हो कि होईन वा असवधानीपूर्वक रहन गयो कि यसबारे बुझ्नै पर्छ ।’ आयोगमा कुनै लिखित जानकारी आएको छैन, भर्खर भर्खरै थाहा पाएको छु । यसबारे लिखितरुपमै सम्बन्धित पक्षसँग बुझ्ने निर्देशक खरेलले परिचर्चा न्यूज डटकमलाई बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*