न्यूजिल्याण्डद्धारा पाकिस्तानलाई २३८ रनको चुनौति

११ असार २०७६, बुधबार २०:४७

काठमाण्डौं- टस जितेर पहिलो ब्याटिङ रोजेको न्यूजिल्याण्डले निर्धारि ५० ओभरको क्षतीमा ६ विकेट गुमाएर २३७ रन बनाएको छ । एक समय ४६रनमा ४ विकेट गुमाएर धर्माएको न्यूजिल्याण्डको ईनिङलाई जिम्मी निसम र कोलिन डे ग्राण्डहोमले उकासेक थिए । ग्राण्डहोम रन आउट हुनु अघि उनीहरुले १३२ रनको पार्टनरसिप गरेको थिए । ग्राण्डहोमले महत्वपूर्ण ६४ रन बनायो भने निसम ९७ रनमा नट आउट रहे । मार्टिन गुप्टिल ५, कोलिन मुन्रो १२, केन विलियमसन ४१, रोस टेलर ३ तथा टम लेथानले ३ रन जोडेका थिए । त्यस्तै मिचेल स्टानर ५ रनमा नट आउट भए ।

न्यूजिल्याण्डलाई २३७ रनमै रोक्ने क्रममा पाकिस्तानका शाहिन अफ्रिदीले १० ओभरको बलिङमा २८ रन खर्चेर ३ मेडेन ओभर सहित ३ विकेट लिए । त्यस्तै शादब खान र मोहम्मद अमिरले समान १–१ विकेट हात पारे ।

पाकिस्तानको पारी सुरु भईसकेको छ । उसले यो समाचार तयार पार्दासम्म १.२ ओभरमा कुनै विकेट नगुमाई ८ रन जोडेको छ ।

न्यूजिल्याण्ड खेल जितेर सेमिफाईनलमा पुग्ने दाउमा छ भने पाकिस्तान न्यूजिल्याण्डलाई हराएर सेमेफाईनलमा पुग्ने आशा कायमै राख्ने दाउमा छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*