स्थानीय सरकारले सघं र प्रदेश सरकारसँग समन्वय गर्नु पर्नेमा जोड

११ असार २०७६, बुधबार २०:१९

नेपालगञ्ज -स्थानीय सरकारले सघं र प्रदेश सरकारसँग समन्वय र सहकार्य गरे मात्र देश सम्मृद्ध हुुने एक कार्यक्रमको सहभागीले बताएका छन । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रद्धारा आयोजित साझा सभा कार्यक्रमको प्रमुख अतिथि कृषि, बन, तथा वातावरण संसदीय समितिका सभापति विजय बहादुर यादवले संघ, प्रदेश तथा स्थानीय सरकारको समन्वय र सहकार्य भए मात्रै देशको विकास हुुने बताए । साथै उनले विकास गर्नको लागि पार्टी भन्दा माथि उठेर कार्य गर्नु पनि आग्रह समेत गरे ।

साझा सभा कार्यक्रममा सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुमार ज्ञवालील ेसमुदाय स्तरबाट उठाईएका सवालहरु प्रष्ट पारेका थिए । कार्यक्रमको सभापति राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख चन्द्रकान्त ाचाँपागाईको सरकारको नीति कार्यान्वय गराउनमा सबै मिली ध्यानाकर्षण गर्नु पर्ने धारणा थियो । त्ययैगरि डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानोले स्थानीय नागरिकहरुको गुनासोलाई गाउँपालिकासँग पुर्याउने बाचा गरिन् । डुडुवा गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष परशुुराम बुढाथोकीले स्थानीय स्तरमा स्थानीय सभाले महत्व भुमिका खेलेका बताए । उपभोक्ता हकहित संरक्षण समिति, बाँकेका संयोजक बसन्त गौतमले उपभोक्ता हकहित संरक्षण नीति बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बाँके जिल्लामा क्रियाशिल विभिन्न नागरिक समाज प्रमुख, सञ्चारकर्मी, कानून व्यवसायी तथा जनप्रतिनिधिले अहिलेको बदलिदो परिस्थितिमा नागरिक समाज सकृय भएर सरकारसँग सहकार्य र समन्वय गरि अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रमको सहजीकरण आईएचआरसीका कार्यकारी निर्देशक राकेश मिश्रले गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*