अष्ट्रेलिया सेमिफाईनलमा, ईङ्ल्याण्डलाई ६४ रनले हरायो

१० असार २०७६, मंगलवार २३:४१

काठमाण्डौं- जारी विश्वकप क्रिकेटको ३२ औ खेलमा आयोजक ईङ्ल्याण्ड माथि ६४ रनको जीत दर्ता गर्दै डिफेन्डिङ च्याफिन अष्ट्रेलिया २०१९ को सेमिफाईनल पुग्ने पहिलो राष्ट्र बनेको छ । ईङ्ल्याण्डले टस जितेर ब्याटिङका लागि निम्त्याएका अष्ट्रेलियाले ५० ओभरभित्र ७ विकेटको क्षतीमा २८५ रन बनाएको थियो । अष्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले ११५ बलको सामना गरि १०० रनको सतकीय योगदान दिएको थियो । यस बाहेक डेभिड वार्नरले ६१ बलमा ५३ त्यसैगरि स्टिभ स्मिथले र अलेक्स क्यारेले समान ३८–३८ रनको योगदान दिएका थिए । ईङ्ल्याण्डका क्रिस वोएक्सले २ विकेट लिएका थिए भने जोफ्रा आर्चर, मार्क उड, वेन स्टोक्स मोईन अलीले समान १–१ विकेट लिएका थिए । अष्ट्रेलिया मार्कस स्टोनिस ८ रनमा रन आउट भएका थिए ।

२८६ रनको लक्ष्य पछ्याएको ईङ्ल्याण्डले ४४.४ ओभरमा १० विकेट नै गुमाएर २२१ रन मात्र जोड्न सक्यो । उसका लागि वेन स्टोक्सले ८९ रन, क्रिस वोएक्सले २६ रन बनाएका थिए भने त्यस्तै जोस बट्लर र अदिल रसिदले समान २५–२५ रन जोड्नु बाहेका अन्य ब्याट्स म्यानले खासै रन जोड्न सकेन । ओपेनिङ ब्याट्स म्यान जेम्स भिन्स २ बलको सामना गरि शून्यमै आउट भएका थिए । ईङ्ल्याण्डको ईनिङ ध्वस्त पार्न ज्यासन बेह्रेन्ड्रोफ घातक भए । उनले ४.४० को ईकोनोमिकमा १० ओभरमा ४४ रन दिएर ५ विकेट लिएका थिए । त्यसैगरि मिचेल स्टार्कले ४ विकेट लिनुका साथै मार्कस स्टोनिसले १ विकेट हात पारेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*