कृषि तथा पर्यटनमा युवाहरु सक्रिय भएर लाग्नु पर्नेमा जोड

८ असार २०७६, आईतवार २०:२२

नेपालगञ्ज- नेपाललाई समृद्ध बनाउनको लागि कृषि तथा पर्यटनमा युवाहरु सकृय भएर लाग्नु पर्नेमा एक कार्यक्रमको सहभागी युवाहरुले जोड दिएका छन् । उद्यमी युवा समृद्ध देश : ‘दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मुल नाराका साथ नेपालगञ्जमा प्रादेशिक युवा उद्यमशिलता विकास बारे अभिमुखीकरण कार्यक्रममा सहभागी युवाहरु खजुरा गाउँपालिका वडा नं.३ मा रहेको ग्रिन कटेज एवं कृषि फर्मका प्रोपाईटर युवा उद्यमी प्रेम खरेलसँग उद्यमशिलताको बारे खुलेर छलफल गरेका छन् ।

सो छलफल कार्यक्रममा युवा उद्यमी युवा प्रेम खरेलले प्रदेश नम्बर ५ का १२ जिल्लाबाट सहभागी युवाहरुसँग आफ्ना अनुभव आदान प्रदान गरेका थिए । उनले कृषि, पर्यटनमा युवाहरु सक्रिय भएर लाग्नु पर्ने र हरेकले आफ्नो कार्यलाई सम्मान गर्नु पर्नेमा जोड दिए ।

दुई दिन सम्म चलको अभिमुखीकरणखकार्यक्रममा सहभागी युवाहरुलाई पर्यटन, लुम्बिनी भ्रमण बर्ष २०७६, बर्दिया भ्रमण बर्ष, दिगो विकासका लक्ष्यहरु, भिजिट नेपाल २०२०, युवा उद्यमशिलता, होम स्टे ,हस्पिटालिटी,अवलोकनलगायतको विषयमा प्रशिक्षण दिईएको आयोजक संस्था नेपाल युवा परिषद प्रदेश नं. ५ का संयोजक सोम गुरुङले जानकारी दिए ।

कार्यक्रमको अन्तिम दिन गोचाली खाजाघरका प्रोपाईटर सोम डेमनडौराले उद्यमशिलता बारे जानकारी दिएका थिय भने गेट भोकेसनल, नेपालगञ्जका शशांक पोखरेलले नेपालमा हस्पिटालिटी र पर्यटनका सम्भावनाको बारे जानकारी गराए । नेपाल युवा परिषद, नेपाल युवा परिषद प्रदेश नं.५ र नेपाल युवा परिषद बाँके शाखाको आयोजना तथा कोकाकाला नेपालको सहयोग तथा गेट भोकेसनल, नेपालगञ्जको सहकार्यमा सो कार्यक्रम सम्पन भएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*