प्रधानमन्त्री शक्तिशाली बन्दा प्रदेश र स्थानीय तहले काम गर्न सकेनन्ः नेता सिंह

७ असार २०७६, शनिबार २१:३५

फाईल फोटो

सर्लाही-काँग्रेस नेता प्रकाशमान सिंहले बर्तमान सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म नबुझेको आरोप लगाएका छन् । देश संघीयतमा गएपनि प्रधानमन्त्री शक्तिशाली बन्न अर्थ एवं गृह अन्तर्गतका विभागलाई आफ्नो मातहतमा ल्याउने जस्ता गतिविधिले देश संघीयतामा गएपनि शासन प्रणाली परिवर्तन नभएको नेता सिंहले बताए ।

सर्लाहीको बरहथवा नगरपालिका–१६ निवासी नेपाली काँग्रेस का नेता विनोद खनालकी आमा लक्ष्मीदेवी खनालको १३ औँ दिनको पुण्य तिथीमा शुक्रवार श्रद्धाञ्जली सभा यस्तो बताएको हो । नेपाली काँग्रेसका पूर्वमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा भएको श्रद्धाञ्जली सभामा बोल्दै पूर्वमन्त्री सिंहले घर घरमा सिंहदरवार भन्ने सरकारले स्थानीय तह र प्रदेशको अधिकार कुण्ठित पारि बजेट विनियोजन गर्नुले सरकार संघीयताको पक्षधर नरहेको पुष्टि हुने नेता सिंहको दाबी थियो ।

अर्को प्रसंगमा नेता सिंहले गुठीको मूल मर्म र भावना बिपरीत प्राधिकरण मार्फत जग्गा जमिनमा चलखेल गर्न गुठी बिधियकल्याएर शिष्ठ र सभ्यरुपमा संचालित समाजलाई बिथिोल्न लागेकोले नेपाली कांग्रेसले सडक देखि सदनसम्म आवाज उठाई गुठी बिधियक फिर्ता र खारेजीको माग गरेको बताए । कानून बनाएर प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा सरकार झिना मसिना कुरामा अल्झदा स्थानीय तह र प्रदेश सरकारले काम गर्न नसकेको आरोप लगाए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*