युवाहरुलाई स्वदेशमा उद्यमगर्न वातावरण सृजनागर्नु पर्नेमा जोड

७ असार २०७६, शनिबार २०:५८

नेपालगञ्ज – ‘उद्यमीयुवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मुलनाराका साथ नेपालगञ्जमा प्रादेशिक युवा उद्यमशिलता विकासबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । प्रादेशिक युवा उद्यमशिलता विकास अभिमुखीकरण कार्यक्रमका प्रमुखअतिथि नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले स्वदेशमा युवाहरुले उद्यमीबनेर देशलाई समृद्ध बनाउने समय आएको बताएका छन् । उनले युवाको परिश्रम विदेशको भुमिमा खेर नफाल्न समेत अनुरोध गर्नुहुदै स्वदेशमै उद्यमगर्न वातावरण सृजनागर्नु पर्नेमा जोड दिए । कार्यक्रमा प्रदेश नं. ५ का १२ जिल्लाका युवाहरुको सहभागितामा शुरु भएको छ ।

दुई दिनसम्म चल्ने कार्यक्रममा सहभागी युवाहरुलाई पर्यटन, लुम्बिनी भ्रमणबर्ष २०७६, बर्दिया भ्रमणबर्ष,दिगो विकासका लक्ष्यहरु, भिजिट नेपाल २०२०, युवा उद्यमशिलता, होम स्टे, हस्पिटालिटी, अवलोकन लगायतको विषयमा प्रशिक्षण दिईने आयोजक संस्था नेपाल युवा परिषद प्रदेश नं. ५ का संयोजक सोम गुरुङले जानकारी दिए । पहिलो दिनमा हस्पिटालिटी विषयका विज्ञ हेनड्रीक मार्टिनले जानकारी दिएका हुन् ।

त्यसैगरि लुम्बिनी भ्रमणबर्ष २०७६ का सदस्य तथा गाभर भ्यालीका अध्यक्ष कृष्णलाल चौधरीले लुम्बिनी भ्रमण बर्ष २०७६, नेपाल भ्रमण बर्ष २०२० तथा होम स्टेको अवधारणाबारे प्रकाश पारेका थिए । उनले आफ्नो लोप हुुनलागेको संस्कृति र प्रकृतिलाई जर्गेणागर्नुु पर्ने धारणा राखेका थिए । सोही कार्यक्रम अन्तर्गत पर्यटन प्रवद्र्धनको बारेमा सुबेश श्रेष्ठले पर्यटनलाई उद्योगकोरुपमा विकास गर्नु पर्ने बताए । नेपाल युवा परिषद, नेपाल युवा परिषद प्रदेश नं.५ र नेपाल युवा परिषद बाँके शाखाको आयोजना तथा कोकाकाला नेपालको सहयोग तथा गेट भोकेसनल कलेज, बाँकेको सहकार्यमा कार्यक्रम सञ्चालन भईरहेको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*